Online News Khabar

जनचेतना बहुमुखी क्याम्पसमा झडप, चुनाव स्थकित

1.1k
SHARES
1.2k
VIEWS

कालिकोट – कालिकोटको जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा झडप भएकाे छ ।
माओवादी निकट अखिल क्रान्तिकारिले फर्जि विद्यार्थी भरेर कार्ड दिदा अनेरास्ववियुले बिराेध गर्दा दुवैपक्ष बिच झडप शृर्जना भएकाे थियाे ।

बहुमुखि क्याम्पसमा अहिले सम्मकाे डाटा हेर्दा अखिल क्रान्तिकारीका विद्यार्थी धेरै फर्जि देखिँदा धादलि भएकाे विद्यार्थीकाे भनाई छ ।
अखिल क्रान्तिकारी र अनेरास्ववियु विच झडप हुदा चुनाव स्थकित भएकाे छ । अखिल क्रान्तिकारीले भर्ना गरेका तर, पैसा नबुझाएको देखिएपछि अनेरास्ववियुले ताला लगाएकाे थियाे ।
ताला लगाएकाे भन्दै बिराेध हुदा माओवादीकि महिला नेतृ मिठु शाही (शैलजा) लगायतले अनेरास्ववियुका उम्मेदवार धर्मशाही लाई हातपात गर्न खाेजेकाे अनेरास्ववियु उम्मेदवार धर्म शाहीले बताए ।
उता शैलजाले क्याम्पसमा ताला लगाएर उल्टै हातपात गर्न खाेजेकाे बताएकि छन ।उता क्याम्पस प्रमुख पुष्पराज संज्यालले अखिल क्रान्तिकारीका ५५ जनाकाे भर्ना गरि पैसा समेत तिरेकाे बताएका छन। क्याम्पस प्रशासनले भने पैसा तिरेकाे डकुमेन्ट सार्वजनिक गर्न मानेकाे छैन ।दुवै पक्षलाई बसालेर छलफलकाे वातावरण गरिरहेकाे प्रमुख संज्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित