कालिकोट – कालिकोटको शुभकालिका गाउँपालिका-४ ले वडाभित्र विवाहसम्बन्धी नयाँ नियम लागु गरेको छ । अबदेखि विवाह गर्नुभन्दा पहिला नै वडाको सिफारिस लिनुपर्ने नियम लागु गरिएको वडाध्यक्ष प्रदिप चाैलगाईले जानकारी दिए ।
उनका अनुसार वडामा कानुन विपरीत हुने बाल विवाह निषेध गर्न यो नियम लागु गरिएको हो । वडामा बसेको वडा समितिको बैठकले अब वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यस पूर्व नै वडा कार्यालयबाट अनुमति पत्र लिने नियम लागु गरिएको उनको भनाई छ । साथै ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा वडा कार्यालयबाट जारी गरिएको अनुमति पत्र अनिवार्य रूपमा लिएर आउनु समेत अनुरोध गरिएको उनले बताए ।
कालिकोटमा पहिलेकाे तुलनामा पछिल्लो समय बिभिन्न संघ संस्थाहरूकाे सहयाेगमा बाल बिवाहा न्युनिकरण हुँदै आएका छन ।
Discussion about this post