Online News Khabar

युनिकोड

पीडितका “पिता”

881
SHARES
1k
VIEWS

कालिकोट – जसलाई अहिले पीडितका पिता भनेर चिन्दछन उनी हुन् पत्रकार एवम मानव अधिकारकर्मी कालीबहादुर मल्ल ।
सशक्त दन्द्ध चरम उत्कर्शमा पुगिरहेको थियो कुरा २०६० साल तिरको हो । गाउँका मान्छेहरु जिल्ला सदरमुकाम र सदरमुकाममा बस्ने मान्छेहरु गाउँमा जान पाउदैनथे । त्यतिवेला तत्कालिन राज्यपक्षबाट होस् वा बिदा्रेही पक्ष नेकपा माओवादी होस् ।
पिडित भएकाहरुको पक्षमा बोल्ने, लेख्ने कोही थियो त उनै कालिबहादुर मल्ल थिए । हजारौँको संख्यामा बिना कारण सिआडी सुराखीको आरोपमा गाउँमा बस्ने सर्वसाधाहरण बिस्तापित हुनुपरेको थियो । संयौको संख्यामा राज्यपक्षबाट माओवादीको आरोपमा गाउँमा बस्ने सर्वसाधाहरणहरु राज्यपक्षबाट गोलिको शिकार हुनु पर्ने अवस्था थियो ।

जनयुद्धको उद्घम स्थल रोल्पा, रुकुम, जाजरकोट पछीको कालिकोट हो । उवेला दुवै पक्षहरुबाट कुटपिट,घाइते, यातना, घरसम्पती ध्यस्त, सम्पती कब्जा लगायतका घटनाहरु दिनहुँ घटिरहन्थे । यस्ता घटनाहरु घटिरहदा मल्लले पिडितका पक्षमा आवाज उठाउन कहिलै पछी परेनन् निरन्तर लागी रहे । घटनाका पीडितहरुलाई राहात उद्धार क्षतिपुर्तिका लागी कलम र आवाजको माध्यायमबाट वकालत गरिरहे ।

बिदोर्ही पक्षबाट अपहरण परेकाहरु किन नहोस् राज्यपक्षबाट गैरन्यायिक गिप्तार गरी नजरबन्दमा राखिएकाहरुको अधिकारका लागी राज्य र बिर्दोही पक्षलाई निरन्तर खवरदारी गरिरहे ।
यसै शिलसिलामा साविकको जुविथा गाविस हालको तिलागुफा नगरपालिका ६ अवस्थित सत्यदेवी माध्यामिक विद्यालयमा अध्यानरत ३५ बाल छापामारको रुपमा प्रयोग गरिएका कलिलो उमेरका स्कुले बालवालिका लाई उद्धार गरी बिद्यालयमा भर्ना गराएका थिए ।
यो संगै मल्लले माओवादीको आरोपमा सुरक्षाकर्मीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा पुगाइएका संयौँ बालवालिकालाई समेत थुनामुक्त गर्नका लागी पहल गरेका थिए । दुवैपक्षाबाट पीडितभएका हरुलाई राहत र क्षतिपुर्तीका लागी कलमको माध्यायमबाट वकालत गरेका कारण हजारौँले क्षतीपुर्ती समेत पाए । सशक्त दन्द्धकालमा मारिएका, ब्यपत्ता पारिएका, घाइते अपागंभएका पीडितहरुका घरघरमा पुगेर तथ्यांक संकलन गरी न्याय दिलाएका थिए ।

सशक्त दन्द्धका बेलादेखी माओवादीको आरोपमा राज्यपक्षबाट पीडित भएकाहरुको पक्षमा वकालत गर्दा तत्कालिन शाही सेनाबाट बुट र बन्दुकको कुन्दा खानु परेको थियो । माओवादी पक्षबाट पीडित भएकाहरुको पक्षमा वकालत गरेका कारण बिदोर्ही पक्षबाट पनी बेलावेलामा धम्कि र मानसिक यातना सहनु परेको थियो ।्
शसक्त दन्द्धदेखी अन्यको विरुद्धमा वकालत गर्दै आइरहेका मल्लले अहिले पनी मानव अधिकारका क्षेत्रमा लडिरहेका छन । उतिवेला शसक्त दन्द्ध चलिरहेको थियो त्यतिवेला नागिरिक तथा राजनितिक अधिकार हनन्बाट पिडित भएकाहरुको पक्षमा वकालत गर्नु पर्ने अवस्था थियो भने अहिले दन्द्धपछी आर्थिक, समाजिक र सांस्कृतिक अधिकारका बिषयमा वकालत गर्दे आइरहेको मल्ल बताउछन ।
अहिले महिला हिंसा, यौन दुर्वाहार, बालविवाह, बाल हिंसा, जातिय विभेद्, घरेलु हिंसा शिक्षा स्वास्थ्य खाद्या आवास जस्ता बिषयमा निरन्तर लागिपरेको छु । यस्ता खाले घटनाले पीडित भएकाहरु अहिले पनी घरमै पुग्छन मल्ले भने, नागरिकले पाउने आधारभुत अधिकारबाट बञ्चितहरुको पनी उद्धार गरेको छु ।

दन्द्धमा पिडितको पक्षमा लागिपरेका मल्ल अहिले पनी पिडितकै पक्षमा लागि रहेका छन । खाँडाचक्र नपा १ मान्म निवासी डम्मर बादी र उनकी श्रीमती बत्तीसरा बादीको भातमा ज्याला मजदुरी गर्न गएको समयमा जंगली च्याउ खाएर एक बर्ष अगाडी मृत्यु भयो । आमा बावुसँग उतै गएका उनिहरु ५ वर्र्षीया मनिसा र १ वर्षीया श्रमा टुहुरा हुन पुगे । आफन्तहरुले ति टहुरा बालिकाहरुलाई भारतबाट नेपाल ल्याएर मृतककी आमा ६२ वर्षीया लक्ष्मी बादीलाई बुझाए । बाबुआमा गुमाएका ति दुइृ टुहुरा नातीनीहरु भेटेपछि छोरा बुहारी गुमाएको पीडासँगै नातीनहरु कसर हुकाउने पढाउने चिन्ता थियो । एकातिर ६२ वर्षका उमेर सम्म आफनो नागरिकता बनेको थिएन । मानव अधिकारकर्मी मल्लल उनको नगरिकता वनाउनका लागि खाँडाचक्र नगरपालिका वडा नं १,नगर कार्यपालिका,जिल्ला प्रसासनको ध्यानाकर्षण गराउनुका साथै पहल गरेपछि बल्लतल्ल उनको नागरिकता बनेको थियो ।

नागरिकता पाएकी थिइनन । नगरिकता नहुदा उनलाई राज्यबाट उपलब्ध हुने सवै सेवा सुविधाबाट वञ्चित हुनुका साथै ति टुहुरा नातीनीहरुको जन्म दर्ता पनि बन्न सकेको थिएन । स्थानीय खाँडाचक्र नगरपालिका तथा अन्य सरकारी गैर सरकारी निकायवाट सेवा सुविधा लिनु पर्दा आफ्ना छिमेकिहरुले लिरहदा उनि टुलुटुलु हेरेर बस्नु पर्ने अवस थियो ।

विहान बेलुकि हातमुख जोड्न गिट्टी कुट्नु पर्ने अवस्था रहेकी उनलाई जिवनको उत्तरार्द सम्म पनि आफ्नो पहिचान नेपाली नागरिकताको प्रमाण पत्र नपाउदा सारै दुखित अवस्थामा रहेकि थिइन । मल्लको पहलमा ६२ वर्षीया बृद्धको नागरिकता बालबालिक विचल्लीमा भनेर विभिन्न सञ्चार माध्यम,समाजिक सञ्जालमा आएपछि सुर्खेत स्थित कोपिला भ्यालिलाई अनुरोध गर्ने काम भयो सोही अनुसार दुवै बालबालिका हाल कोपिला भ्यालिले लालन पाल पठन पाठनको जिम्मा लिएको छ ।
साथै ति बृद्ध लक्ष्मी बादी पनि सुर्खेत बृद्धआश्रमा बसिरहेकी छन । अहिले नातीनीहरुको पठन पाठनको व्यवस्था र आफूले राज्यका सेवा सुविधाहरु उपभोग गर्न पाएकी छन । बालीकाहरुको सवै ब्यवस्था भएपछि उनले पहल गर्ने इन्सेक,मानवअधिकार समुहलाई धन्यबाद दिएकी छन ।
अहिले पनी मल्ल निरन्तर पिडितका पक्षमा वकालत गर्दै आइरहेका छन । नेपाल पत्रकार महासंघको पुर्व कालिकोट शाखा अध्यक्ष समेत भइसकेका मल्ल अहिले कालिकोट इन्सेक प्रतिनिधि हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित