Online News Khabar

निरु बिक हत्या प्रकरण ः १८ महिना पछी हत्याको आसंकामा दुईजना प्रकाउ

887
SHARES
1k
VIEWS

कालिकोट – १६ वर्षिय किशोरी निरु बिक हत्याको आसंकामा दुई जना प्रक्राउ परेका छन । बलात्कारपछि हत्या आशंका गरिएकी खाडाचक्र ६ दाहा गोरालवाडाकी १६ वर्षीया किशोरी निरु विश्वकर्माको हत्याको आसंकामा निरुको अंटी र एकजना अर्को पुरुषलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले घटना घटेको १८ महिनापछी प्रकाउ गरेको हो ।
मेला हेर्न जादा ओड्ने सवल दिने निरुकी आफ्नै अंटी ३० वर्षिय कमला विक र सोही वडाका हाल खाँडाचक्र ३ ताडी वस्ने अने नेपालीलाई प्रहरीले मंगलबार प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
गत भदौ ४ गते बेलुकी ७ बजेसम्म घरमै भएकी किशोरीको ७ गते दिउँसो घरबाट करिब ३ सय मिटर तल मकैबारीमा शव भेटिएको थियो । घरबाट कसैले बोलाएर गएपछि सामूहिक बलात्कार गरेर हत्या गरिएको हुन सक्ने स्थानीय बसन्त विश्वकर्माले बताए ।
लास भेटिएको ठाउँमा लछारपछार भएको थियो । उनले जबरजस्ती गर्न खोज्दा नमानेपछि हत्या गरिएको दाबी गरे ।
दलित अधिकारकर्मी दिनेश चदाराले कालीकोटमा दलित समुदायका मनवीरे सुनार, मना सार्कीलगायतको जातीय विभेद गर्दै कुटपिटबाट हत्या गरिएको सुनाउँदै दलित समुदाय छुवाछूत र विभेदको सिकार भइरहेको बताए । निरु दलित समुदायकी बालिका भएकोले राज्यले अपराधीलाई उन्मुक्ति दिदै आएको छ । बिको अत्याको आसंकामा प्रक्राउ परेका आरोपितलाई उन्मुक्ती नदिन उनको आग्रह छ । कालीकोटमा दलित किशोरीहरु वनजंगल, विद्यालय जाँदा बाटोघाटो, पानी पँधेरो र आफ्नै घरमै असुरक्षित रहेको बालअभियन्ता किशोरी संगीता दमाइले बताइन् ।

कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालल मसिनो प्राराम्भिक अनुसन्दान बाट निरुकी अंटी र नातेदार अनेलाई प्रक्राउन गर्न सफल रहेको बताए । केही प्रमाणको आधारमा प्रक्राउ गरेका छौँ । अहिलेनै अत्यामा संलग्न हुन भन्न सकिदैन । अत्याको आसंकामा निरुका अंटी र एक नातेदारलाई अनुसन्धानको लागी प्रक्राउ गरेका छौ डिएसपी रिमालले भने” ।
हालसम्म प्रहरीले घटनास्थल वरपरका ५० भन्दा बढीलाई प्रहरीले जिल्ला सदरमुकाम मान्म ल्याएर सोधपुछ गरेको थियो । गाउँमा पनि प्रहरी टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । दलित समुदायकी किशोरीको बलात्कारपछि हत्या गरिएको जनाउँदै कालीकोटका अधिकारवादी संघसंस्था र अधिकारकर्मीले चरणबद्ध आन्दोलन गर्दे आइरहेका छन ।

दलित मुक्ति मोर्चा, दलित सेवा संघ, दलित मुक्ति अभियान, नेपाल दलित संघ, जिल्ला दलित अधिकार प्रवर्द्धन एवं समन्वय समिति, मानवअधिकार संजाललगायतका प्रमुखले बलात्कारीको पहिचान गरी कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दे आइरहेका छन ।

बेलुकी ६ बजेपछि छोरी हराएर ७ गते मकैबारीमा विभत्स रुपमा लाश भेटिएको किशोरीका बुवा रत्ने गोराल (नेपाली) ले बताए । उनले छोरीको बलात्कारपछि हत्या गरेको दाबी गरे । निरु बिकको मकै बारीमा तलको शरिर जंगली जनावरले खाइसकेको अवस्थाम भेटिएकी थिइन ।

स्थानीय सरस्वती मावि हुपीडाँडामा कक्षा ८ मा अध्ययनरत निरु गाउँमा गठिन किशोरी समूहकी सदस्य थिइन् । उनले किशोरी कक्षामा अधिकारका बारे जानकारी पाएकीले उनीमाथि जबरजस्तीको प्रयास भएपछि प्रतिवाद गर्दा हत्या भएको विमला गोरालले बताइन् ।

निरु बिकको अत्यारालाई प्रकाउ गर्न हामि सवैको सहयोग रहेको समाजसेवी हिक्मतजंग मल्लले बताए ।नागरिक संघ सस्था र अधिकार कर्मिहरुको नियमित दवाफले गर्दा अनुसन्धानको लागी भएपनी प्रकाउ पर्न जिल्ला प्रहरी कार्यलय सफल भएको छ ।
मल्ले पटक पटक नियमित रुपमा निरु किका अत्यारा पत्ता लगाउन दवाफ दिदै आएका थिए ।

सम्बन्धित फोटोः
१) निरुको अत्याको आसंकामा प्रकाउ परेका उनका अंटी र नातेदार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित