कालिकोट – राेजाई, आवाज र प्रतिबद्धता सम्वन्धी सहजकर्ताका लागि बिहिवार मान्ममा ५ दिने तालिम सुरु भएको छ । सेभद चिल्ड्रेनकाे सहयाेगमा किर्डाक नेपाल द्वारा संञ्चालित सहयात्रा दाेस्राे परियोजनाकाे सहयाेगमा शुभकालिका गाउपालिका र तिलागुफा नगरपालिकाका ४ जना अभिभावक र २० जना सहजकर्ता गरी २४ जना सहजकर्ताका लागि तालिम आयाेजना गरिएको हाे ।
साे तालिममा बाेल्दै प्रजिअ माझीका अनुसार लिङ्गका आधारमा गरिने हिंसा नै लैङ्गिक हिंसा हो । महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण हुने हिंसा लैङ्गिक हिंसा हो । लैङ्गिक हिंसा कानूनी अपराध हो । हिंसा व्यक्तिको इच्छा विरुद्धको शारीरिक तथा मानसिक पीडा दिने कार्य हो । लैङ्गिक हिंसाको कुरा गर्दा महिला भएकै कारण महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हाम्रो जनजिब्रोमा लैङ्गिक हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने आउँछ । त्यसैले लैंगिक मान्यतामा परिवर्तनका लागि बालबालिका र अभिभावकको सशक्तीकरण हुन जरुरी रहेकाे प्रमुख जिल्ला अधिकारी जाेरासिंह माझीले बताउनुभयो ।
प्रजिअ माझीले भन्नुभयो, सामाजिक सँस्कार हराएको बर्तमान परिपक्क्षमा किर्डाक नेपाल समाजकाे सारथि बनेको छ । आफ्नो नेतृत्व क्षमता बिकास गर्दै जाे अगाडि बढ्न सक्छ उसैले परिवर्तनको नेतृत्व गर्न सक्छ । हाम्रो समाजमा अझै बिभेदकाे अन्त्य भएको छैन, दाईलाइ खाना एक भाइलाई खाना एक हुन्छ । शिक्षामा दाईकाे पँहुच बढि बहिनीको पहुँच कम हुन्छ । अब घरबाटै रुपान्तरणकाे सुरुवात गर्नसक्नु पर्छ । छाउगाेठ भत्काउने, खुला दिशा मुक्त क्षेत्र घाेषणा गर्न जिल्लालाई ध्यान केन्दिृत गरि प्रेरित गर्ने, बालबिवाह न्युनिकरण गर्ने हरेक खालका विभेद अन्त्य गर्न पहल गर्ने सँस्था किर्डाक नेपाल भएकोले जिल्ला प्रशासन कार्यालयकाे सँधै साथ रहने बताउनुभयो ।
कार्यक्रममा बाेल्दै प्रहरी निरिक्षक सुबराज बमले प्रहरीलाई समेत हरेक खालका तालिम दिएर ब्यक्तित्व क्षमता बिकासमा साथ दिने सँस्था किर्डाक नेपाल भएकाले समाजमा रहेका बिध्यमान बिकृति, बिसंगति अन्त्य गर्नमा जिल्ला प्रहरी कार्यालय कालिकाेटका लागि पनि थप सहयोग पुगेकाे बताउनुभयाे । जिल्ला प्रहरी कार्यालय र किर्डाक नेपाल कालिकोट बिचकाे सम्वन्धले लैंगिक मान्यतामा परिवर्तनका लागि बालबालिका र अभिभावकको सशक्तीकरण अभियानमा सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा बाेल्दै किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डेले चरम द्वन्द्वको बेला कर्णाली राजमार्ग नाग्म देखि जुम्ला बजारको सडक खण्ड निर्माण देखि मानव अधिकार तथा समाज रुपान्तरणकाे क्षेत्रमा अतुलनीय याेगदान पुर्याएकाे चर्चा गर्नुभयो । लैंगिक मान्यतामा परिवर्तनका लागि बालबालिका र अभिभावकको सशक्तीकरण राेजाई आवाज र प्रतिबद्वता पाठ्क्रमका बिषयमा सहजकर्ताहरुका लागि ५ दिने गाेष्ठीमा शुभकालिका गाउपालिका र तिलागुफा नगरपालिकाका सहजकर्ताहरुकाे सहभागिता रहेकाे थियो । तालिमको सहजिकरण बालसंरक्षण संयाेजक प्रकाश शाही र सरिता खत्रीले गर्नुहुने भएको छ । कार्यक्रममा प्रेस चाैतारिका जिल्ला अध्यक्ष बिश्वनाथ सिम्खडाकाे समेत उपश्थिती रहेकाे थियाे ।






