कालिकोट – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेमकिपा पार्टी कम्युनिस्ट बादी उत्पादन गर्ने कारखाना भएकाे बताएका छन्।
साेमबार मान्ममा आफ्नाे पार्टीको ४९ औँ स्थापना दिवसकाे अवसरमा पत्रकार भेटघाट कार्यक्रममा यस्ताे बताएका हुन ।
स्थापना कार्यक्रममा
शुभकामना दिदै नेता शाहीले अहिलेका कम्युनिस्ट पार्टी भनेर सत्ता र ठुलाे पार्टी भन्नेहरू पनि मजदुर किसान पार्टीबाटै आएकाे बताए ।
अहिले पनि नेपाल मजदुर किसान पार्टी सत्ता र स्वार्थकाे लाेपमा नपरी प्रमुख प्रतिपक्षमै रहेर राष्ट्र र राष्ट्रियता जाेगाई राख्न प्रतिपक्षमा बसेकाे समेत बताएका थिए ।
साथै उनले जनहितका पक्षमा आवाज उठाउन चुनावमा जाने तर, राष्ट्रघाति अध्यादेश लाई राेक्न आफ्नाे पार्टी सधै सरकारकाे प्रतिपक्ष रहेकाे बताएका थिए ।
कार्यक्रममा नेमिकपाका केन्द्रीय सदस्य शुनिल प्रजापतिकाे प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष खड्गराज शाहीकाे अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरिएको थियाे ।





