Online News Khabar

वडाध्यक्षको पहलमा रोकियो १५ वर्षिया नाबालिकाको बालविवाह

912
SHARES
1.1k
VIEWS

कालिकोट –
उमेर नपुगेरै विवाह गर्न खोज्दा रास्कोटमा एक जोडिलाई जनप्रतिनिधिले रोकेका छन ।
वाजुरा घर भएकी १५ वर्षिय एक किशोरी र रास्कोट नगरपालिका ४ निवासी २० वर्षिय किशोर बिच विवाह हुन लाग्दा वडा नम्बर ४ का वडाध्यक्ष दिनेश संज्याल र समाजसेवी गुरुराज संज्याल लगायत स्थानियको पहलमा बाल विवाह रोकेका हुन्।

पुस १९ गते बाजुरा जगन्नाथ गाउँपालिका निवासी १५ वर्षीय किशोरी लाई भगाएर रास्कोट ल्याएका थिए ।
उमेर नपुगी बिवाह गर्नु कानुनि अपराध भएको भन्दै स्थानिय र जनप्रतिनिधि लाई जानकारी भएपछी आइतबार किशोरीलाई उनकै बुवा बिरमान सार्कीको जिम्मा लगाएको धर्मदत्त फाउण्डेशनका अध्यक्ष तथा इन्जिनियर गुरुराज संज्यालले बताएका छन ।

स्थानिय जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ समाजसेवी संज्यालले भने, अहिले किशोरीको उमेर १५ वर्ष मात्र भयो । कानुनी रुपमा विवाह गर्न अझै ५ वर्ष वाँकी छ । ५ वर्षपछी यही जोडिले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बाल विवाह बदर गरेका छौँ । किशोरीलाइ उनकै बुवाको जिम्मा लगाएर पठाएको संज्यालले बताए ।

अशिक्षा र अज्ञान्ताले पहिला पहिला जे जस्ता अपराध भएपनी अव सामाजिक अपराध हुन नदिने वडाध्यक्ष दिने संज्यालले बताए । उमेर नपुगी हुने बाल विवाह अझैपनी हाम्रो समाजमा भइरहेका छन । यस्तो अपराधको अन्त्य गर्न हामि सवैको दाहित्व रहेको भन्दै १५ वर्षिय नाबालिका लाई आज घर फर्काएका छौँ ।
पढ्ने लेख्ने यस्तो कलिलो उमेरमा गर्ने विवाहले धेरैको शारिरिक रुपमा पनी कमजोर भएको पाइन्छ । आज किशोरीको नयाँ जिन दिलाएको छौँ अध्यक्ष संज्यालले भने।
उमेबर नपुगी विवाह गर्नेको संख्यामा डरलाग्दो अवस्था रहेको यहाँ अझै लुकी छिपी बालविवाह गरिरहेको पाइन्छ ।
पछिल्लो समय केही संघसंस्था र जनप्रतिनिको पहलमा बालविवाह रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित