कालिकोट- जिल्लाको महावै गाउँपालिकाका सवै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट जडान हुने भएको छ ।
मंगरबार नेपाल टेटिकम काठमाण्डौ र गाउँपालिका बिच सम्झौता गरी निशुल्क विद्यालयमा इन्टरनेट जडाने हुने भएको हो ।
प्रविधीमुलक गुणस्थरिय शिक्षाको लागी गाउँपालिकाले पालिकाका सवै विद्यालयहरुमा अवको केही समयपछी इन्टरनेट जडान कार्य सुरु हुने अध्यक्ष खेमबहादुर सिंहले बताएका छन ।
नेपाल टेलिकमले वार्षिक रुपमा विद्यालयको लागी इन्टरनेटका लागी आठ लाख रकम गाउँपालिकाले नियमित पाउने भएको छ ।
एक बिध्यालाय बराबर २० एमबिपिएस को सुबिधा सम्पन्न ईन्टरनेट सेवा उपलब्धताको लागि समझदारी भएको छ अब केहिदिनमा भित्रमा नै यो सेवा सुचारु हुने छ ।
Discussion about this post