सम्पन्न निर्वाचनले सहभागी सबै दलको हैसियत छिनोफानो भयाे: एमाले नेता शाही

सम्पन्न निर्वाचनले सहभागी सबै दलको हैसियत छिनोफानो भयाे: एमाले नेता शाही

मुलतः प्रतिस्पर्धा एमाले र गठबन्धनका बिचमा भएको थियो। तथाकथित गठबन्धनका नेताहरूले एमाले कमजोर बनाउन जनताका विचमा लगेका नाराहरू सम्पूर्ण ढंगले मतदाताले खारेज गरेका छन् ।

र गठबन्धन भित्रका केही दलको पहिचान नै गुम्ने गरि जनताको मतको परिणामले छर्लङ्ग पारेको छ। नत गठबन्धन भित्रका कुनै दलको एकल बहुमत पुग्ने परिस्थिति छ नत तथाकथित गठबन्धनको सरकार निर्माणका निम्ति बहुमत पुग्ने स्थिति छ।

सम्पन्न निर्वाचनको परिणामले धेरै राजनीतिक विषय वस्तुको निराकरण गरेपनि गठबन्धनका नेताहरू अझैपनि भ्रम मुक्त नभएको देखिन्छ। त्यो किन भने एमालेका नाममा गठबन्धन भित्र राज्यका महत्त्वपूर्ण पदमा आफैं भित्र दाउ हान्ने प्रयत्न भइरहेका देखिन्छन् । गठबन्धनका यस्ता गैर राजनीतिक गतिविधिले नेपालको आगामी राजनीति थप संकट तिर जान्न भन्ने अहिले यकिन गर्ने ठाउँ छैन।

एमालेका नेताहरूले राजनीतिक स्थायित्व,विकास र समृद्धिका निम्ति कुनै पार्टी र ब्यक्ति संग न आग्रह नत पुर्वाग्रह नगरी जनताको फैसला अनुसार राजनीतिक यात्रा तय हुन्छ भनिरहदा गठबन्धनका नेताहरू एमालेका नाममा फेरि भ्रमको खेतिपाति गर्न शुरू गरिरहेका छन्।

जुन तथाकथित गठबन्धनका अवाञ्छित गतिविधिले देशमा अस्थिरता र अन्यौलता बाहेक अरू केही नयाँ ल्याउने देखिदैन ।यश लेखका लेखक नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा सम्पन्न मंसिर ४ गते सम्पन्न कालिकोट प्रतिनिधि सभा सदस्यका पराजित बिजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित