कालिकोट – स्थानीय तह पुःर्नसंरचना कार्यान्वयनमा आएपछि कालिकोटको रास्कोट–२ का देउमले दर्जि मख्ख छन् । सदरमुकाम मान्मबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव रास्कोट नगरपालिकाको केन्द्र आरसिपी बजारबाटै प्रबाह हुने भएपछि देउमल हर्षित भएका हुन् ।
हरेक सरकारी कामकाजका लागि एक दिनदेखि दुई दिन लगाएर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको देउमल बताउँछन् । ‘सिदरमुकामबाट हुने सबै काम अब हाम्रै आरसिपी बजार नगरपालिकाबाट हुन्छ, ‘दर्जिले भने, ‘सदरमुकाम धाए जस्तो घण्टौं समय लागेन, खर्च पनि घट्यो ।’
देउमलको भन्दा फरक बुझाई छैन स्थानीय धनकृष्न वरालको फुकोटबाट मान्म पुग्न पैदल एक दिन र गाडीमा ५ देखि ६ घण्टा लाग्छ । तर, नगरपालिकाको केन्द्र आरसिपी बजार पुग्न उनीहरुलाई पैदल १ देखि २ घण्टा मात्र लाग्छ । खर्च र समयका हिसावले समेत नगरपालिकाको कार्यान्वयन फाईदाजनक रहेको अर्का स्थानिय कलौरा लुवार बताउछन् । ‘नगरपालिकाबाट पाइने सेवाका बिषयमा सबैमा खासै बुझाई बिकास भएको छैन,’ लुवारले भने्, ‘तर, सदरमुकाम गाउँमा आयो, जिल्लाबाट हुने काम गाउँबाटै हुन्छ भन्नेमा सबैको एक मत छ ।’
रास्कोट नगरपालिका बासिले अव विद्युत महशुल आफ्नो नगरपालिकाबाटै तिर्न पाउने भएका छन् ।
नगरपालिकाले पालिकामै सेवा कार्यालय स्थापना गरेपछी नगरबासिले विद्युत महशुल जिल्लामा आएर तिर्नु पर्ने झन्डटबाट मुक्क्ती पाउने भएका हुन ।
सोमबार एक कार्यक्रमका बिच नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सेवा कार्यालयको उद्घाटन गरेका छन ।
‘बिद्युत, आयोडिन नुन लगायत अन्य सम्बन्धी सामान्य कामका लागि पनि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने थियो, रास्कोट ४ का धनराम विकले रामे भने,‘अब भने सबै नगरपालिका स्थानमै हुने भएपछि समय, पैसाको पनि बचत हुने भयो ।’
सामान्य खानेपानी, बाटोको लागी केन्द्र सरकारले नदेख्ने यहाँ संघियता पछी विकास संगै सेवा गाउँमै पाएको विकले बताए । अहिले केही नभएनी खाने नुन समेत पालिकाबाटै पाउने गरेका छौँ ।
पाँच पाकेट नुनका लागी २ हजार खर्च गरेर सदरमुकाम मान्म जानु पर्ने बाध्यता थियो अहिले त्यो वाध्यता हटेको छ । आखिर संघियता यही रहेछ विकले भने ।
सेवा कार्यालयको उद्घाटन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले राज्यबाटै पछि परेको कर्णालीको विकासले मुहार फेर्न लागि परेको बताए ।
यहाँको पहिलो आवश्यकता सडकनै हो । संघियताको पहिलो वर्षदेखीनै जिल्लाका ९ वटै पालिकामा सडक खोलेका छौँ । अव यसको स्तरउनोन्ती र नागरिकका पहिलो आवश्यकता पुरा गर्ने प्रतिवद्धता गरेका थिए ।
नुन खानको लागी पैदल महिनौ दिन लाग्थे अहिले घर आँगनमै गाडी पुगेका छन । केही यस्ता जटिलखालका समस्याबाट मुक्ती पाएका छौँ ।
जिल्लाका ९ वटै स्थानिय तहहरु भन्दा रास्कोट नगरपालिका नागरिक मैत्री बनेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।
अझै संविधानमा नागरिकले पाउने अधिकार खोज्दै छौँ , पहिला त यहाँको आवश्यकताको पहिचान गरेर विकासको मोडेल तयार बनाउदै गरेको प्रमुख शाहीको भनाई छ । अहिले रास्कोटमा जग्गा कारोवार नापीका काम देखी नुन डिपो र विद्युत मशहुल तिर्न नगरपालिकामै सेवा कार्यालय स्थापना गरेका छौँ ।
सम्बन्धित फोटोः
१) रास्कोट नगरपालिकामा विद्युत महशुल काउण्टर उद्घाटन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही ।
तस्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post