कालिकोट-
जिल्ला शिक्षा तथा समन्वय इकाई कालिकोटको कार्यालयमा व्यापक अनियमितता भएको भेटिएको छ ।
२०७९ साल साउन २० गते बसेको दन्द्ध पिडित शिक्षकहरु पदस्थापना तथा पुनर्वाहालीका बारेमा बसेको वैठकमा उपस्थित ९ जना शिक्षकहरुको कार्यालय प्रमुख चन्दप्रकाश अधिकारीले कृर्ते हस्ताक्षर गरी रकम खाएको पाइएको हो ।
एक जनालाई एक हजार पाँच सयका दरले पाउने वैठक भत्ता शिक्षा विकास तथा समन्वय प्रमुख अधिकारीले कृर्ते गरी रकम नदिएको पाएको छ ।
वैठकमा उपस्थित ९ जना मध्य कार्यालय प्रमुख र सुचना अधिकारी वाहेक ७ जनाको एक हजार पाँच सयका दरले पाउने जम्मा ८ हजार नौसय २५ रुपैयाँ प्रमुखले खाएका छन् ।
वैठकमा उपस्थित शिक्षक संघ संगठनका पधाधिकारीहरुले आफुहरु वैठकमा उपस्थिती रहेको तर, भत्ताको भरपाईमा हस्ताक्षर नगरेको बताएका छन् ।
उपस्थित सहभागीहरुले भत्ताको भरपाईमा हस्ताक्षर नगरेको दावि गरेका छन्। उपस्थित सहभागिहरुको वैठक भत्ताको भरपाई र अन्य वैठकमा माइनटहरुको हस्ताक्षर फरक देखिएको छ ।
यस विषयमा कार्यालय प्रमुख अधिकारीले लेखापाल नभएकाले वैठक भत्ता दिन नसकेको बताएका छन् । कृर्ते हस्ताक्षर किन गर्नु भएको भनी प्रश्न गर्दा फोन काटेका छन् ।
यती सानो सानो रकममा कालो नियत भएका कार्यालय प्रमुख अधिकारीले कार्यालयका अन्य प्रयोजनमा कति रकम अनियमितता गरेका होलान!
यस विषयमा हामी सोधखोज र अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताएका छन् । कार्यालय प्रमुख होस वा कुनै कर्मचारी आवश्यक विदामा भएको वेदा एउटा कुरा हो, नत्र दुई महिना सम्म कार्यालयमा हाजिर छैनन भने हामि अनुगमन र सोधखोज गछौँ प्रमुख जिल्ला अधिकारी शर्माले भने,’।
दुई महिना सम्म कार्यालयमा हाजिरी छ्रैनन् कार्यालय प्रमुख
असोज १ गतेदेखी कार्यालय प्रमुख देखी केही कर्मचारी अफिसमा नबसेको देखिएको छ ।
असोज १ गतेदेखी कार्यालय प्रमुख चन्दप्रकाश अधिकारी र कार्यालय सहयोगी दैनिक हाजिर नभएको पाइएको छ ।
दुई महिना सम्म कार्यालयमा हाजिर नभएका अधिकारी हाल काठमाण्डौमा बसिरहेका छन ।
यतिमात्र हैन गाडीनै नभएको कार्यालयमा इन्धन र मर्मतको बिल समेत मिलाएर खर्च गरेको भेटिएको छ । अफिसको जेनेरेटर, को इन्धन खर्च भनेर रकम खर्च समेत गरेको देखिएको छ ।
वषौँदेखी घुम्टो ओडाही राखेको कार्यालयको गाडी
कार्यालयको गाडी मर्मत नगरेर वषौँ देखी घुम्टो ओडाही कार्यालय परिसरमा राखेको छ । जेनेरेटरकाे खर्चको बिल मिलाउने तर, गाडी वषौँदेखी घुम्टो ओडाही राखिएको छ ।
आफुहरुले अन्य गाडीको बिल खर्चमा राखेको कार्यालय जिकिर गरेको छ ।
- बिगतदेखी नै विद्यालयका ब्लक देखी अन्य गतिविधीमा अनियमितता हुदै आएको शिक्षामा अझै सुधार हुन सकेको छैन ।
सम्बन्धित फोटोः
१) दुई महिना देखी कार्यालय प्रमुख बिहिन जिल्ला शिक्षा तथा समन्वय इकाई
२) वैठक भत्तामा कृर्ते हस्ताक्षर गरिएको ।
३) वषौँदेखी घुम्टोमै सरकारी गाडी ।
तस्बिर विश्वनाथ सिम्खाडा
Discussion about this post