Online News Khabar

युनिकोड

प्रदेश (ख) का लागी एकिकृत समाजवादीले गर्यो ४ जना शिफारिस

0
SHARES
704
VIEWS

 

कालिकोट — नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादीले) मंसिर ४ गते हुने निर्वाचनका लागी आफ्ना उम्मेदवार छनौट गर्न सुरु गरेको छ । शुक्रबार देखी जिल्ला सदरमुकाम मान्ममा बसेको निर्वाचन क्षेत्र (ख)कमिटी बैठकले प्रदेश निर्वाचन क्षेत्र (ख) का लागी पार्टीका केन्द्रिय सदस्य तुलाराज सिम्खाडा, जिल्ला अध्यक्ष विश्वराज बम, दुर्गा शाही (न्यौपाने) र जडेनी बमलाई जिल्ला पार्टीमा सिफारिश गरेको छ ।

यस्तै वैठकले प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी पार्टी सहसचिव कृष्नकला पाण्डे, लक्ष्मिप्रसाद सिम्खाडा र राजुसिंह दर्जिलाई सिफारिश गरेको छ ।
जिल्ला पार्टीले प्रदेश सभा सदस्यका लागी सिफारिस गरेका चार जना मध्य दुई जनालाई अन्तमा सिफारिश गर्ने देखिन्छ । जिल्ला पार्टीले चारै जना सिफारिश गरेपनी अन्तत विश्वराज बम र तुलाराज सिम्खाडा नै अन्तिम टिकटको लागी रस्सा कस्सी हुने देखिन्छ ।

बिश्वराज बम जिल्ला अध्यक्ष हुन भने सिम्खाडा पार्टीको केन्द्रिय सदस्य हुन्। उसो त बम भन्दा केन्द्रिय सदस्य तुलराज सिम्खाडा सिनियर मानिन्छन ।

गठबन्धन कायमै रहने अवस्थामा समाजवादीले कालिकोटमा भएका २ वटा निर्वाचन क्षेत्र मध्य एक क्षेत्र पाउने निश्चित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित