कालिकोट – बाल बिवाह न्युनिकरणका लागि स्थानीय तहका जनप्रतिनिधि तथा सराेकारवालाकाे भुमिका बिषयक बृहत् अन्तरक्रिया मान्ममा सुरू भएकाे छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज बिष्टकाे सभाअध्यक्षता, संविधान सभा सदस्य तुलाराज बिष्टकाे प्रमुख अतिथि , जिल्ला समन्वय समिति का उप प्रमुख मिना रावल,आठविस नगरपालिका दैलेखका नगर प्रमुख तर्क बडुवाल र रास्काेट नगरपालिका प्रमुख धर्मराज शाहीकाे बिशेष आतिथ्यता र ९ वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरू प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख र बिषयगत शाखाका प्रतिनिधिकाे सहभागीतामा हाेटल सनलाइटमा सुरू गरिएको छ ।
कार्यक्रममा बाल बालिकाहरूमा लगानी र बाल बिवाह न्युनिकरणाका बिषयमा प्रतिबद्धता सहित निर्णय हुनेछ ।
कार्यक्रम किर्डाक नेपाल, हुरेन्डेक नेपाल, सादा नेपाल लगायतकाे सहयाेगमा नेपाल पत्रकार महासंघ शाखा कालिकोटले आयाेजना गरेकाे थियाे ।
Discussion about this post