Online News Khabar

युनिकोड

उपमेयर शाही बिद्यालयकाे कक्षा काेठामै पसेपछी

969
SHARES
1.1k
VIEWS

 

कालिकाेट – जिल्लाकाे तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले विद्यालयमा पठनपाठन कस्ताे छ भनेर कक्षा कोठामा गएर बालबालिकाकाे गुनासो लिने र साेध्नेकाम सुरु गरेका छन् । तिलागुफानगरपालिका वडा नं ५ को कालिका माध्यामिक बिधालयमा भयका समस्याहरुको पहिचान गर्न र बिधालले खाजा तथा छात्रवृत्ति रकम बिद्यार्थीले नपायको भन्ने समाचार बाहिरीय पछि बास्तबिकता बुज्न कालिका मा.वि खल्लामा पुग्नु भयका हाे ।

उपप्रमुख शाहीले बिधालयको अबस्थाका बारेमा बिद्यार्थीसंग बुज्दा खाजा र छात्रवृत्ति बापतको रकम अघिल्लो दुई बर्ष देखि नपायको र २०७९ साउन २६ गते का दिन पुरानो सम्पुर्ण खाजा र छात्रवृत्ति बापत रकम बिद्यार्थीलाई बाढि सकेको बिधालयका लेखापाल शंकर न्यौपानेले बताए । आगामी दिनमा नगरपालिकाले यस्ता अनुगमनका काम गरिरहन समेत लेखापल न्यौपानेले अनुरोध गरे ।

बिधालयमा बिज्ञान प्रयोगसाला नभयर बिद्यार्थीहरुलाइ अफ्ट्यारो परेको कक्षा ७ का विद्यार्थी वसन्त बहादुर शाहीले बताए । उनले भने,फिल्ड घेरबार नभयर बिधालय मा भिड्भाड हुने गरेकाे छ ।

बालबालिकाले खेलकुद सामाग्री नभयको, ब्यबस्थित ट्वाइलेट नभयको गुनासो गरेका छन् । उनिहरुले भने, शिक्षक अभावले कक्षा सन्चालनमा पनि समस्या रहेको छ ।

त्यस्तै सामाजिक र खेलकुद शिक्षकको अभाब रहेको प्रधानाध्यापक देबिभक्त न्यौपानेले बताए । कोरोनाको बेला क्वारेन्टाइन बनाएकोले ३४ सेट फर्निचर जलाइयका कारण अभाब रहेको प्र . अ न्यौपानेले बताए । खुसी हुँदै बिद्यार्थीले भने अहिले सम्म नगरपालिकाले यसरी अनुगमन गरेको नदेखेको बताए । उपप्रमुख शाही सङ्ग अहिले सम्म पाठ्यपुस्तक नपायको गुनासो बिद्यार्थीले गरे जनकशिक्षा सामाग्रीले समय मा पुस्तक छाप्न नसक्दा पुस्त अभाव भयको शिक्षक धिरेन्द्र पाण्डेले बताए । उपप्रमुख शाहिले नगरपालिकाले पुस्तक को अभाव हुन नदिन कुनै कसुर नराख्ने जानकारी दिए ।उनले भने, कालिका माबिमा देखियको छात्रवृत्ति र खाजाको रकम अनियमिततालाई रोक्न बिद्यार्थीको खाता खोलेर खाता मार्फत बितरण गर्न निर्देशन उपप्रमुख शाहिले दिनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित