संञ्चार माध्यायमबाट खवरदारी संगै सुझाव आवश्यक
कालिकोट – कालिकोटमा अाउनु भएका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले पत्रकारबाट सुझाव संगै खवरदारी पनि आवश्यक पर्ने बताएका छन ।
साेमबार कालिकोट जिल्लाका सञ्चारकर्मी हरू संगकाे परिच्यात्मक कार्यक्रममा यस्ताे बताएका हुन ।
प्रहरी प्रमुख सिद्वराज न्याैपाने काठमाडौ सरूवा भएर गएपछि कालिकोट अाउनु भएका रिमालले पत्रकारकाे कलमले देशकाे बिकास र सम्वृद्वि हुने भएकाले यसमा सुझाव संगै खवरदारी पनि आवश्यक पर्ने बताए ।
कालिकोटको शान्ति सुरक्षा अमन चयनमा कुनैपनि कमि हुन नदिने समेत बताएका थिए । बिशेश गरि कालिकोटमा बालबिवाह र जातिय छुवाछूत बढिनै हुने गरेकाे जानकारी अाएकाे छ । यसमा हामी सचेतना संगै अपराध नियन्त्रणमा बढि चासाे दिने छाैँ ।
कार्यक्रममा डिएसपि रिमालले अनुसन्धानका क्रममा रहेका केही घटनाहरूकाे पनि निरन्तर अनुसन्धान गर्ने, अपराध नियन्त्रण, संगै समुदाय प्रहरी साझेदारी कार्यक्रम गाउँ गाउँमा बढिनै महत्त्व दिने प्रतिबद्धता गरेका थिए ।
कार्यक्रममा प्रहरी निरिक्षक शुभराज बम, नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्ट, युवा नेता लक्ष्मण बम, लगायतका पत्रकारहरूकाे सहभागीता रहेकाे थियो ।
Discussion about this post