Online News Khabar

युनिकोड

कालिकोटको निर्वाचन क्षेत्र २ बाट स्वतन्त्र चुनाव लड्दै लक्ष्मण

0
SHARES
311
VIEWS

कालिकोट— निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सांसदको लागी लक्ष्मणबहादुर बमले स्वतन्त्र चुनाव लड्ने भएका छन ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा पलाँता गाउँपालिका अध्यक्षमा बिजयी भएपछी लोकप्रिय कामबाट चर्चामा आएका बम आउदो मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनावमा कालिकोटको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन ।

गठबन्धन संग स्वतन्त्र रुपमा चुनावमा भिड्न लागेका युवा नेता बम अहिले युवाहरुको सल्लाह र सुझाव संकलनमा व्यस्त रहेका छन ।
राजनितिपार्टी बाट वाक्क दिक्क भएका अहिलेका जन्ताहरु स्वतन्त्रको खोजीमा रहेको भन्दै स्वतन्त्र रुपमा प्रदेश सदस्यको लागी चुनाव लड्ने मनसाय देखाएका छन ।

बाहिरी रुपमा घोषण त गरेका छैनन् अहिले बमले आन्तरिक रुपमा सुभेछुक संग सल्लाह र सुझाव तिब्ररुपमा मागिरहेका छन ।
आफुले पार्टीको टिकबाटै चुनाव जितेपनी विकास गर्न पार्टीको हस्तक्षेव खानु परेको भन्दै केही समयअघि देखी उनले नेकपा माओवादी केन्द्रको प्रदेश सदस्यको पद्बाट राजिनामा दिएर स्वतन्त्र रहेको घोषणा गरेका थिए ।
अहिले नेता बम आन्तरिक रणनितीमा लागेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित