कालिकोट— राज्यको नजरबाट सदियौ कालदेखी पछाडी परेका यहाँका विभिन्न ठाउँहरु संघियतापछी फेरीदै गएका छन ।
जस मध्य कालिकोटको पचालझरना गाउँपालिका लाफाको पडेक्षा चौर पनी एक हो ।
यस चौरको पनी एक एैतिहासिक महत्व रहेको छ । पञ्चायत कालमा माल्कोटी राजाहरुले यो चौरमा कपास र फुलको खेती गर्ने गरिएको त्यहाँका बुढा पाकाहरुको भनाई छ ।
राजाहरुले आफ्नो आफ्नो थातथलो छाडेर अन्तै जाने भएपछी पचाल देवताको नाममा चढाएर गएका थिए । आजभन्दा तिन दशक पहिले यस चौरमा एक दर्जी परिवारको वसोवास रहेको स्थानिय सर्पलाल कठायतले बताए ।
उनका अनुसार माल्कोटी राजाहरुले देवताको नाममा चौरलाई चढाइसकेपछी एक छेउमा दर्जी परिवारको बसोवास भयो, केही वर्षपछी माथिबाट ठुलो पहिरो आई निर भन्ने नाम गरेका दर्जी परिवार पहिरोमा पुरिएर मृत्यु भएको कठायतले बताए ।
३ वटा घर सहित दर्जी परिवार पहिरोमा पुरिए। त्यसपछी पडेक्षा बाँझो रर्यो । ’पहिरोमा दर्जी परिवारलाई पुरिएपछी पछी मसानघाटका मा रुपमा परिणत भयो, हामी कसैले खेत भोग चलन गरेनौ कठायतले भने।,”
२०५२ सालमा खार्दुको नाममा रहेको जग्गा नापी भएपछी व्यक्तीको नाममा आयो । त्यसयता मसानघाट भनेर बाँझो रही भाँगो उर्मीने गरेको पडेक्षाचौर अहिले सरकारी अड्डा बनेको छ ।
केही समय जारकोटको घाटमा आफ्नो सत्ता संचालन गरेको पचालझरनाले केही समयपछी गाउँपालिकाको केन्द्र पडेक्षामा तोकेपछी अहिले जिल्लाकै नमुना र परिर्वतनशिल गाउँपालिका बनेको छ ।
भाँगो उर्मीने चौरमा गाउँपालिकाको पक्की भवन,रंगशाला,रिङ्खरोड निर्माण भई वास्तविक सिंहदरवार गाउँमा आएको देखिएको छ । पुर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले संघियताको पहिलो फेजमा सवैखाले विकास एकैपटक दिन नसकिने भन्दै गाउँपालिकाको स्थायी केन्द्र तोकेर अन्य कामको सुरुवात गरेको बताए ।
जारकोटको घाटमा गाउँपालिका राखेर सेवा दिन निकै कठिन भएको भन्दै पडेक्षामा स्थानियहरु संग निशुल्क जग्गा मागेर गाउँपालिका सारेको बताए ।
अहिले सवैखाले सेवा प्रवाह भइरहेका छन । खासमा यो चौर भाँगोनै भाँगो उर्मिर जंगल हुन्थ्यो, अहिले सरकारी संरचना निर्माण भइरहेका छन । अहिले धेरै झन्झटबाट मुक्क्त हुन परेको छ ।केही ठाउँमा सडक पुग्न बाँकी छ । अधिकांस क्षेत्रमा सडक पुगाइसकेका छौँ ।
बत्ती आफ्नै छ। लाफगाडा लघुजलविद्युत बाट स्थानिय उत्पादनको बत्ती बाल्न पाइरहेका छौँ ।
तुलानात्मक रुपमा विकास गरिसकेका छौँ केही वाँकी छन अहिलेको सरकारले गर्ने छ । यसमा हामि सहयात्री बन्ने छौँ सेजुवालले भने, “अहिले गाउँपालिका सवै सेवाहरु पडेक्षाबाटै भइरहेको छ ।





