कालिकोट — नरहरीनाथ गाउँपालिका वडा नम्बर– ८ स्थित रहगाड खोलमा बाढिले झोलंगेपुल बगाएपछी काठको पुल तरेर त्यहाँका नागरिक जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् ।
बाढिले पुल बगाएको वषौँ बितिसक्दा त्यहाँको सरकारले पुल लगाउन नसक्दा काठको जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका हुन ।
अघिल्लो सरकारले पनी पुल लगाउन नसक्दा काठे पुलमै यात्रा गर्न बाध्य थिए भने, अहिलेको सरकारले पनी काठेपुलमै नागरिकलाई यात्रा गर्न वाध्य बनाएको छ ।
केही दिन अघी गाउँपालिकाको एक लाख ४० हजार रकम खर्च गरेर रहगाडमा काठको पुल हालेको छ । काठे पुलमा दैनिक जसो एकसय भन्दा बढी नागरिक वारपार गर्ने गर्छन् ।
लाखौ खर्च गरेर काठेपुलको साटो झोलंगेपुलमा थप गरेर छिटो र छरितो पुल लगाउन स्थानिय धिरज शाहीले बताए ।
उनले भने, “एकलाख चालिस हजार रकम खर्च गर्नु भन्दा झोलंगेपुलमा थप गरेको भए पुल छिटो बन्ने थियो ।
अघिल्लो सरकारले पनी काठको पुल हालेर काम काट्र्यो अहिलेको सरकारले पनी काठकै पुल हालेर काम काट्र्यो । नागरिकलाई जोखिमपुर्ण यात्रा गर्नबाट मुक्ती पाएका छैनन्
अघिल्लो वर्षपनी दुईलाख रकममा काठकै पुल हालिएको थियो। यो वर्ष एक लाख ४० हजार खर्च भइसकेको छ ।
झोलंगे पुल बन्दा सम्म तत्कालका लागी खोला थर्न सुहज होस भनी काठे पुल हालेको वडा नजम्बर ८ का वडाध्यक्ष लालबहादुर विष्टले बताएका छन ।
हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा खोलामा पुल निर्माण थालिएको एक वर्ष भइसक्यो । पुल निर्माणमा अझै ढिलाई भएको छ ।
पुल निर्माण हुने ठाउँमा कडा चट्टान भेटिएको भनी हामिलाई जानकारी आएपछी हामिले काठेपुल हालेका छौँ । अहिले नागरिकले सहज रुपमा खोला तर्ने गरेका छन् विष्टले भने ।
यस बिषयमा गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टलाई वुझ्न खोज्दा फोन सम्र्पकमा छैनन्।
Discussion about this post