कालिकोट — राष्ट्रिय प्रसारण लाइनमा कालिकोट जोडिएदेखी जिल्लाको एकमात्र ५ सय किलोवाटको स्थानिय पोतमारा लघु जलविद्युत आयोजना अलपत्र अवस्थामा परेको छ ।
वर्षाले पटक पटक अवरुद्ध हुदै धौ–धौ विद्युत बाल्न पाएका कालिकोट बासिहरु केही समयदेखी राष्ट्रिय प्रसारण लाइन कालिकोट पुगेदेखी पोतमारा लघु जलविद्युत आयोजना अलपत्र अवस्थामा परेको हो ।
एक वर्षअघी कालिकोटमा जोडिएको राष्ट्रिय प्रसारण लाइन नियमित नहुदा बिद्युत सेवाबाट यहाँका नागरिकहरु बन्चित हुनु परेको छ ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछी खुशी भएका यहाँका नागरिकहरुले अहिले स्थानिय बिद्युतको सेवा पाउन सकेका छन नःत राष्ट्रिय प्रसारण लाइन! नामको मात्र राष्ट्रिय प्रसारण लाइन रैछ भनेर आलोचना र हैरानी खेप्न बाध्य भएका छन् ।
चुनावी नारा र राजनिति प्रचारवाजीका कारण अहिले यहाँका नागरिकले अधुरो बिद्युत सेवा पाइरहेको स्थानिय हिरामणी चौलगाईले गुनासो गरे ।
लाइन र पोलहरु भरपर्दो नबनाएरै अहिले ठाउँ ठाउँमा पोलहरु ढल्ने र विद्युतमा अवरोध आउने गरेको छ । नियमित बिद्युत छैन, कहिले कसो दिनमा एक पटक आउने जाने मात्र हुन्छ । यसले गर्दा बिद्युतिय सामग्रीहरुमा खराबी आउन थालेको चौलगाईले गुनासो गरे । समय तालिका मिलाइर दिनमा एक घण्टा बत्ती आएपनी नागरिकले सेवा पाउन सक्ने बताए ।
राष्ट्रिय प्रसारण लाइन पुग्यो भनेर खुसी त भयौँ तर, यसले दिगो रुपमा सेवा दिन नसक्ने अवस्था आएको नेपाली कांग्रेशका नेता दमनबहादुर शाहीले बताए ।
उनले भने, यसको विषयमा हामिले प्रमुख जिल्ला अधिकारी लगायत संग छलफल भएको छ । राष्ट्रिय प्रसारण लाइन पुर्णरुपमा नियमित नहुदा सम्म स्थानिय उत्पादन पोतमारा लघुजलबिद्युत तयारी अवस्थामा राख्नु पर्ने हुदा यसको विषयमा थत्काल ठेक्का गरेर संचालनमा ल्याउनु पर्ने छलफल भएको बताए ।
उता बिद्युत बितरण केन्द्र कालिकोटले भने, बिद्युत संचालनका लागी पहल गरिरहेको बताएको छ ।
पहिला ट्रमाइन मेशिनको ठेक्का भयो , त्यस लगतै वर्षाले विद्युतको मुहानमा नहरहरु पहिलोले लगेपछी संचालनमा ल्याउन नसकेको कार्यालय प्रमुख नारायण पौडेलले बताए ।
अहिले प्राविधिक टोलीले नापेर ठेक्काको लागी केन्द्रमा फाइल पठाइसकेका छौ । ठेक्का भइसकेपछी काम सुरु गर्ने बताए ।
राष्ट्रिय प्रसारण लाइनमा जोडिएपनी बैकल्पिक व्यवस्थाका लागी पोतमारा लघुजलबिद्युत आवश्यक हो । अहिले लाइन किलियर नहुदा सम्म राष्ट्रिय प्रसारण नियमित गराउन नसकेको पौडेलको भनाई छ ।
यस्तै शान्नि त्रिवेणी गाउँपालिकाले पनी बिद्युत संचालनका लागी मन्त्रालयमा पहल कदमी चालेको जनाइएको छ ।
गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले उर्जा मन्त्रालयमा बिद्युत संचालनका लागी वजेट सहित माग गरेको पाइएको छ ।
Discussion about this post