Online News Khabar

युनिकोड

एस.इ.ई उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार दिने युवा नेता बम र मल्लकाे घाेषणा

0
SHARES
150
VIEWS

 

कालिकोट – एस.इ.ई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा छात्रलाई पुरस्कार दिने कालिकोटका दुई युवा नेताहरूले घाेषणा गरेका छन ।

अाफ्नाे फेसवुकमा घाेषणा गर्दै नेकपा एमालेका नेता मानव बम र नेपाली कांग्रेसका कालिकोट पार्टी सहसचिव भरतबहादुर मल्लले घाेषणा गरेका छन ।
कांग्रेस नेता मल्लले खाँडाचक्र नगरपालिका भित्रका उत्कृष्ट अंक ल्याउने जेहन्दार बिद्यार्थीलाई ५६ हजार नगद पुरस्कार दिने घाेषणा गरेका छन ।
भने, एमाले नेता मानव बमले रास्काेट नगरपालिका भित्रका दुई जना उत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई जनहि ५०/५० हजार पुरस्कार दिने घाेषणा गरेका छन ।

 

 

एसइई नतिजा सार्वजनिक भएपछि उनले उत्कृष्ट एक छात्र र एक छात्रालाई नगद सहयोग गर्ने घोषणा गरेका हुन् । आज मात्रै रिजल्ट सार्वजनिक भएकाले केही दिनमा नगर क्षेत्रका कुन विद्यार्थीले कति जिपिए ल्याए छनोट गरेर उत्कृष्टलाई रकम प्रदान गर्ने बताएका छन ।

सहयोग गरेको रकमले उच्च शिक्षाका लागि अध्ययन गर्न थोरै भएपनि राहत हुने अपेक्षा राखेको उनको भनाइ छ ।

एमाले नेता बमको राष्कोट नगरपालिका वडानं. ५ घर हो भने, कांग्रेस नेता मल्लकाे खाँडाचक्र नगरपालिका वडा नम्बर ८ हाे ।

एस.इ.ई सवै बिधार्थीहरुलाई सहयोग गर्न नसकेपनि उत्कृष्टलाई सहयोग गरे पनि उनिहरुले भोलिका दिनमा नगरपालिका लाई थप चिनाउनमा अग्रसर हुन् भन्ने सोचका साथ सहयोग गर्ने निर्णय घोषणा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित