संस्थाले नगरपालिकालाई दिएको २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप गायब, अख्तियारले खोज्यो प्रमाण

संस्थाले नगरपालिकालाई दिएको २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप गायब, अख्तियारले खोज्यो प्रमाण

 

कालिकोट३१,भाद्र  –  खाँडाचक्र नगरपालिकामा गैरसरकारी संस्था (एनजिओ) हुरेन्डेक नेपालले हस्तान्तरण गरेको भनिएको २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइपको विवरणमाथि प्रश्न उठेको छ ।
नगरपालिकालाई हस्तान्तरण गरिएका भनिएका निर्माण सामग्री कहाँ छन् भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न सोधेको जनाइएको छ।

संस्थाले नगरपालिकालाई उपलब्ध गराएको भनिएको ठूलो परिमाणको सिमेन्ट र पाइपको वास्तविक अवस्था, भण्डारण तथा प्रयोगबारे स्पष्ट विवरण सार्वजनिक नभएको आरोप लागेको छ । यस विषयमा अख्तियारले नगरपालिकासँग सामग्री प्राप्ति, वितरण र प्रयोगसम्बन्धी विवरण मागेको छ । २०८१ ०८२ मा जलपरियोजनाको कार्यक्रम सकिएपछी गोदाममा बचेको २० हजार बोरा सिमेन्ट र ५ सय वण्डल पाइप साझेदार संस्था हुरेन्डेक नेपाल मार्फत खाँडाचक्र नगरपालिका वडा नं ८ का वडाध्यक्ष तथा उबेलाका काबा नगरप्रमुख नन्दबहादुर मल्ललाई बुझाएको थियो । यस बिषयमा अध्यक्ष मल्लले कागजमा साइन गर्नु भनेपछी आफुले स्ताक्षर गरेको बताएका छन । उनले भने के बिषय हो मलाई थाहा थिएन अंगेजीमा लेखेको थियो मेयरले साइन गर्नु भनेपछी गरे । पछी थाहा भयो सिमेन्ट र पाइप रहेछ, पछी बुझेको समानको बारेमा मेयर संग बुझ्दा वडामा उपभोक्तालाई बाँढिसकेको बताए । अझ यस बिषयमा मेयर कमलबहादुर शाहीले केही सामान सडेको र केही सामान आफुले वडा मा सामान बाढि सकेको बताएका छन । उनले सामान बाँढेको बताएपनी यसको भरपाई नगर वा वडा संग भने छैन ।
ठुलो परिमाणमा साम्रगी नगरले बुझेको तर, का कसरी उपयोग भयो भन्ने बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछी आयोगले प्रतिकृया सहित प्रमाणित कागजात माग गरेको छ ।

हुरेन्डेक नेपालले नगरपालिकालाई २० हजार बोरा सिमेन्ट र ५ सय बण्डल पाइप कहिले हस्तान्तरण गरेको हो? उक्त सामग्री हस्तान्तरण भएको प्रमाण, सम्झौता र बुझिलिएको कागजात कहाँ छ? नगरपालिकाले सामग्री कुन शाखा वा जिम्मेवार कर्मचारीको जिम्मामा राखेको थियो? सिमेन्ट र पाइप कहाँ भण्डारण गरिएको थियो? अहिले भौतिक रूपमा कति बाँकी छ?सामग्री कुन योजना, वडा वा उपभोक्ता समितिलाई कति परिमाणमा वितरण गरियो? वितरण गरिएका सामग्रीको भरपाई, स्टोर दाखिला र स्टोर निकासा विवरण कहाँ छ?सामग्री प्रयोग भएको योजनाको अनुगमन तथा प्राविधिक मूल्यांकन गरिएको छ कि छैन?सामग्रीको अभिलेखमा फरक देखिएमा जिम्मेवार पदाधिकारी तथा कर्मचारी को हुन भन्ने बिषयमा आम नागरिकले समेत प्रश्न गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित