इलाका गएको चार महिनामा १९ सय नागरिकले पाए नागरिकता

इलाका गएको चार महिनामा १९ सय नागरिकले पाए नागरिकता

 

बिश्वनाथ सिम्खाडा २५, साउन कालिकोट  – रास्कोटमा इलाका प्रशासन कार्यालय खुलेको चार महिनामा १८ सय ४५ जना नागरिकले नागरिकता पाएका छन ।
२०८३ वैशाख ७ गते औपचारिक रुपमा सेवा सुरु गरिएको रास्कोटमा १२ सय ३३ नयाँ नागरिकता र ६ सय १२ प्रतिलिपी गरी जम्मा एकहजार आठसय ४५ जना नागरिकले नागरिकता पाएका हुन ।
रास्कोटदेखी पचालझरना, पलाता, सान्नीत्रिवेणीलगायत स्थानीय तहका बासिन्दालाई प्रशासनको सेवा लिन समय र खर्च बचत हुने भएको छ। इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले घरनजिकै नागरिकता लगायतका सेवा पाउन थालेका छन्। यसले समय र खर्च दुबै बचत भएको भन्दै स्थानीय खुसी भएका छन्।
यातायातको सहजता अझै चुनौती भए पनि सेवा विस्तारले हजारौं नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
पलाँता गाउँपालिका–१ कि ७४ वर्षीय तारा बुढा घरनजिकैको रास्कोटबाट नागरिकता लिइन उनले सोमबार रास्कोट–५ आरसिपि बजारमा संचालनमा आएको इलाका प्रशासन कार्यालयबाट नागरिकता पाएकी हुन् । ‘नागरिकता बनाउन कम्तीमा ५ हजार खर्च गरेर मान्म जानुपथ्र्यो,’सानै उमेरमा रोजगारीको शिलशिलामा भारतमै बस्दै आएकी तारा ७४ वर्षसम्म पनी नागरिकता बाट बञ्चित थिन । बृद्धभत्ता खानेबेला सम्मपनी नेपाली नागरिक हुन सकिन उनले भनिन्, ‘घरनजिकैबाट सेवा पाउँदा सजिलो भएको छ ।’ उनले यसअघि नागरिकताको लागि पलाताबाट रास्कोट, सान्नत्रिवेणी, नरहरिनाथ हुँदै मान्म पुग्नुपर्ने बाध्यता रहेको सुनाइन् ।

पलाता पचालझरना हुदै रास्कोटसँग जोडिएको स्थानीय तह हो । घरनजिकै इलाका प्रशासन आएपछि समय र पैसा दुवै बचत भएको बताइन् ।

रास्कोट–५ स्युनाका ७८ वर्षीय सर्जन रोकाया नागरिकताको प्रतिलिपि गाउँमै पाउँदा खुसी छन् । एक वर्षअघि नागरिकता हराएपछि जेष्ठ नागरिक भत्ताको नवीकरण गर्न नपाएका रोकायाले सोमबार घरनजिकै खुलेको इलाका प्रशासन कार्यालयबाट नागरिकता पाए । खुट्टाको अपांगता भएका रोकायाले हराएको नागरिकताको प्रतिलिपि लिन सदरमुकाम मान्म जान नसक्दा सामाजिक सुरक्षाको नवीकरण गर्न नपाएको सुनाए ।

पहिलो पटक ०४८ फागुन ६ गते सदरमुकाम मान्मबाट नागरिकता लिएका सर्जनले गाउँमै नागरिकता पाएपछि खुसी हुँदै भने,‘आफ्नै गाउँबाट नागरिकता पाउने धोको बल्ल पूरा भयो ।’ उनका अनुसार ०३४ मा जुम्लाबाट अलगिएर बनेको कान्छो जिल्ला कालीकोटको सदरमुकाम मान्मलाई रास्कोट सार्ने चर्चा चले पनि सम्भव भएको थिएन । घनाबस्ती, मिलेको भूगोल, राम्रो कृषि उत्पादन हुने रास्कोटमा सदरमुकाम सार्न तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्यायले ०४० देखि ०४५ सम्म राजदरवारमा बिन्ती पत्र चढाएर पहल गरेका थिए ।

तिला र कर्णाली नदीले दुई भागमा विभाजित कालीकोटमा ९ वटा स्थानीय तह छन् । भौगोलिक विकटताले सदरकुकाम मान्मबाट टाढा पर्ने, पलाता, पचालझरना, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका ५० हजार बासिन्दा लाभान्वित हुने गरी वैशाख ७ गते सोमबारदेखि रास्कोटमा इलाका प्रशासन कार्यालयले सेवा सुरु गरेको हो ।

सदरमुकाम मान्मस्थित जिल्ला प्रशासनबाट खाडाचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, महाबै र नरहरिनाथ गाउँपालिकाका बासिन्दाले मात्र सेवा लिने छन् । रास्कोटको इलाका प्रशासनले मान्मको जिल्ला प्रशासनमा हुने सेवाग्राहीको चाप घट्ने सहायक प्रजिअ जनक शर्माले बताए ।

उनले मान्मस्थित जिल्ला प्रशासनबाट दैनिक ५०÷६० वटा नागरिकता जारी हुने गरेको सुनाउँदै एसईई रिजल्ट लगत्तै र दसैंको बेला दैनिक २ सयसम्म नागरिकता वितरण हुने गरेको सुनाए । उनका अनुसार इलाका प्रशासनबाट नयाँ नागरिकता, प्रतिलिपि, राष्ट्रिय परिचय पत्र, पिछडिएको क्षेत्र, खसआर्यको सिफारिसलगायतका सेवा प्रदान भइरहेको इलाका प्रशासन कार्यालयका शुचना अधिकारी जिवनबहादुर शाहीले बताए ।

रास्कोटबाटै जिल्ला प्रशासनले दिने सेवा पाउँदा मान्म आउने ३ हजार गाडी भाडा र २ हजार अन्य खर्च बचत हुने नागरिक समाजका अगुवा मिनबहाद्र शाहीले बताए । ‘पैसा पनि जोगियो । समयको पनि बचत भयो,’ उनले भने ।

सोमबार इलाका प्रशासन कार्यालयबाट चार जनालाई नयाँ नागरिकता, ६ जनालाई प्रतिलिपि, १२ जनाको राष्ट्रिय परिचय पत्र बनाएको थियो भने एक जनालाई नाबालक परिचय पत्र र दुई जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरिएकोसुचना अधिकारी शाहीले बताए ।

रास्कोट–५ का वडाध्यक्ष मन तिरुवाको घर भाडामा लिएर कार्यालय संचालन गरिएको इलाका प्रशासन कार्यालयको नयाँ भवन असारसम्म निर्माण सकिने प्रजिअ गोकर्णराज सुयलले बताए । उनले इलाका प्रशासनका लागि ६ जना कर्मचारीको दरबन्दी स्व्कीृत भएको जानकारी दिए ।
सम्बन्धित फोटो ः
१) इलाका प्रशासन कार्यालय रास्कोटमा प्रवाह भइरहेको सेवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित