कालिकोट – नेपाल तरुण दल कालीकोटले आयोजना गरेको प्रथम तरुण एकता कप भलिबलको उपाधि नरहरिनाथ गाउँपालिकाले जितेको छ। याे तरूण उपधि मात्र हैन याे भन्दा पहिला संचालन गरिएका प्रतियोगितामा पनि नरहरीनाथ काे टिम बिजेता हुदै आईरहेका छन कालीकोट सदरमुकाम मान्मस्थित खुलामञ्चमा शनिबार सम्पन्न फाइनल खेलमा खाँडाचक्र नगरपालिका-६ लाई पछि पार्दै नरहरिनाथ-४ ले उपाधि जितेको हो। खाँडाचक्र-६ उपविजेतामा सीमित भएको छ।
उपाधिसँगै नरहरिनाथले ७० हजार रुपैयाँ नगद, कप र मेडल प्राप्त गरेको छ। उपविजेता खाँडाचक्रले ४० हजार रुपैयाँ नगद, कप र मेडल पाएको हो।
प्रतियोगिताअन्तर्गत फुटबलतर्फ पञ्चदेव फुटबल क्लबले उपाधि जितेको छ। भेट्रान्स राइड्स दोस्रो भएको छ। विजेता पञ्चदेवले २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्दा उपविजेता राइड्सले १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।
नेपाल तरुण दल कालीकोटका अध्यक्ष दमनराज शाहीले जिल्लामा पहिलोपटक तरुण एकता कप आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगितामा भलिबलतर्फ १६ र फुटबलतर्फ १२ टोली सहभागी थिए।
युवालाई खेलकुदसँग जोड्दै आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।
पार्टीको आन्तरिक विवादको समयमा
- तरुण कपले पार्टीलाई समेत एकताबद्ध हुन सहयोग पुगेको नेपाली कांग्रेसका सभापति अम्मबहादुर शाहीले बताए । उनले पार्टीलाई सहयोग पुग्ने गरि आयोजना गरिएको प्रथम तरुण कपका विजेता तथा उपविजेता टिमलाई धन्यवाद दिए।






