महिना दिन नपुग्दै उप्कियो कालोपत्रे, सडक विभाग भन्छ वर्षामा काम हुदा राेक्न लगाएका हाै

महिना दिन नपुग्दै उप्कियो कालोपत्रे, सडक विभाग भन्छ वर्षामा काम हुदा राेक्न लगाएका हाै

 

कालिकोट — सडकमा कालोपत्रे गरिएको एक महिना पनि नपुग्दै कालोपत्रे उप्किएर गिट्टी तथा सडकको आधार सतह देखिन थालेपछि निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ।
सदरमुकाम मान्मकाे चाैर अस्पताल देखि मान्म बजार खण्डकाे १५ सय मिटर कालाेपत्रेकाे ठेक्का भैरवमस्टाे निर्माण सेवाले लिएकाे थियाे ।
पानि परिरहेको बेला निर्माण गरिएको कालाेपत्रेकाे बेस किलियर नहुदा सडक डिभिजन कार्यालय जुम्लाले राेकेकाे थियाे ।
परिक्षणकाे लागि मात्र कालाेपत्रे गरिएको र भुक्तानी दिएका छैनाै काम वाकि रहेकाे सडक डिभिजन ले जनाएकाे छ ।
शसत्र गुल्म नजिककाे सडककाे कालाेपत्रे उप्किएकाे हाे ।

कालोपत्रेको ठूलो भाग भत्किएर उप्किएको र ठाउँ–ठाउँमा गिट्टी बाहिर निस्किएको देखिन्छ। लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक छोटो समयमै क्षतिग्रस्त भएपछि स्थानीयले सम्बन्धित निकायसँग निर्माण कार्यको गुणस्तर परीक्षण गरी दोषी पक्षलाई जिम्मेवार बनाउन माग गरेका छन्।

स्थानीयका अनुसार सडक निर्माण सम्पन्न भएको लामो समय नबित्दै कालोपत्रे उप्किन थालेको हो। सडक निर्माणमा प्रयोग भएको सामग्री, कालोपत्रेको मिश्रण, बेसको तयारी तथा पर्याप्त कम्प्याक्सन भए/नभएको विषयमा प्राविधिक परीक्षण आवश्यक देखिएको छ।
एक महिना पनि नटिक्ने गरी सडक निर्माणमा खर्च भएको सार्वजनिक रकमको सदुपयोग भयो कि भएन भन्ने प्रश्नसमेत उठेको छ। सम्बन्धित निकायले तत्काल स्थलगत निरीक्षण गरी सडकको गुणस्तर परीक्षण गर्नुपर्ने स्थानीयको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित