कालिकोट – परम्परागत पञ्चेबाजाको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणलाई लक्ष्य गर्दै तिलागुफा नगरपालिकाले पञ्चेबाजा प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ ।
सोमवार नगरपालिकामा एक बृहत कार्यक्रम गरी विभिन्न वडाबाट आएका बाजागाजा समूहले दमाहा, नरसिंहा, सनाई, झ्याली, ट्याम्को लगायतका पञ्चेबाजाका वाद्ययन्त्र प्रदर्शन गर्दै सांस्कृतिक प्रस्तुति दिएको थियो ।
नगरपालिकाका अनुसार पछिल्ला वर्षहरूमा आधुनिक संगीतको प्रभाव, बाजा बजाउने पुस्ताको कमी तथा आर्थिक अवसरको अभावका कारण पञ्चेबाजाको प्रयोग घट्दै गएकाले संरक्षणको लागी कार्यक्रम गरेको नगरउपप्रमुख महेन्दबहादुर शाहीले बताए । यही चुनौतीलाई सम्बोधन गर्न स्थानीय बाजागाजा समूहलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने अवसर प्रदान गरिएको र युवापुस्तालाई परम्परागत वाद्ययन्त्रप्रति आकर्षित गर्ने प्रयास गरिएको उनले बताए ।
पञ्चेबाजाको सांस्कृतिक महत्वबारे जनचेतना बढाउने, पुराना बाजा, शैली र प्रस्तुति परम्पराको अभिलेखीकरण गर्ने, स्थानीय बाजागाजा समूहलाई प्रोत्साहन तथा पहिचान दिलाउने, युवालाई तालिम, सिकाइ र सहभागितामा जोड्नको लागी यस्ता कार्यक्रम गरिरहेनु पर्ने नगरप्रमुख शंकरप्रशाद उपाध्यायले बताए ।
सगै केही चुनौति पनी रहेको उनले बताए बाजा बजाउने दक्ष जनशक्तिको कमी,वाद्ययन्त्र मर्मत र संरक्षणको खर्च,कार्यक्रम तथा रोजगारी अवसरको अभाव,औपचारिक तालिम र दस्तावेजीकरण कमजोर हुनु,नगरपालिकाले अघि सारेका सम्भावित कदम,विद्यालय र समुदायस्तरमा पञ्चेबाजा तालिम सञ्चालन गर्ने,बाजागाजा समूहको दर्ता, अभिलेख र नियमित कार्यक्रम तालिका बनाउने,वाद्ययन्त्र खरिद÷मर्मतमा अनुदान वा सहयोग कार्यक्रम ल्याउने, स्थानीय पर्व, विवाह तथा सांस्कृतिक समारोहमा पञ्चेबाजाको प्रयोग प्रोत्साहित गर्ने।
कार्यक्रममा ११ वटै वडाका आएका बाजागाजा समूहले दमाहा, नरसिंहा, सनाई, झ्याली र ट्याम्को लगायतका वाद्ययन्त्र प्रदर्शन गर्दै सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नगरपालिकाले आधुनिक संगीतको प्रभाव र बाजा बजाउने पुस्ताको कमीका कारण पञ्चेबाजाको प्रयोग घट्दै गएको उल्लेख गर्दै युवापुस्तालाई परम्परागत वाद्ययन्त्रप्रति आकर्षित गर्न प्रदर्शनी आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद काफ्लेले बताए ।
सम्बन्धित फोटो ः
१) नगरपालिकाका ११ वटै वडाका बाजा सहितको प्रदशनी









One Response
all the best