महावै गाउँपालिकाले दियाे एसईई दियर घरमै बसेका बिद्यार्थीलाई परामर्श

महावै गाउँपालिकाले दियाे एसईई दियर घरमै बसेका बिद्यार्थीलाई परामर्श

कालीकोट — एसईई दिएर घरमै बसिरहेका विद्यार्थीलाई सघाउन महाबै गाउँपालिकाले भविष्य मार्गदर्शन सम्बन्धी परामर्श सुरु गरेको छ ।

आगामी दिनमा कसरी अगाडि बढ्ने, कहाँ–के पढ्ने ? भन्नेबारे परामर्श दिन थालिएको हो । कक्षा १० उत्तीर्ण गरेपछि लक्ष्य निर्धारण गर्न सहज होस् भनेर परामर्श सुरु गरिएको हो । 

एसईई दिएका विद्यार्थी, तिनका अभिभावक र शिक्षकलाई साथै राखेर परामर्श दिइएको गााउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘बालबालिकालाई उचित मार्गदर्शन गर्न सके सही बाटो रोज्न सक्छन्,’ उनले भने, ‘विद्यार्थी, शिक्षक र अभिभावक र सरोकारवालाबीच अनुभव साटासाट महत्वपूर्ण भयो ।’ 

बालबालिकाको रुची, चाहना, भविष्यको लक्ष्य, उचित विकल्पबारे विद्यार्थीसँग छलफल गरिएको मनोविमर्शकर्ता खडानन्द चौलागाईले बताए । एसईई दिएका विद्यार्थी लक्षित गरेर जिल्लामा पहिलो पटक सञ्चालन भएको उनले बताए । 

आफूले एसएलसी पास गरेपछिको मिहनेत, अनुभव र प्राप्त सफलताबारे यहाँका प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख हिमबहादुर खत्री, सशस्त्र प्रहरीका डिएसपी दिपक चन्द, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख हर्षप्रसाद चौलागाई, सामाजिक विकास कार्यालय प्रमुख अभिराज शाही, गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, समाजसेवी करण सिंहलगायतले  विद्यार्थीसँग छलफल चलाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित