हाकिमकी श्रीमतीको नियुक्ति बदर

हाकिमकी श्रीमतीको नियुक्ति बदर

कालिकोट – गैर कानुनी रुपमा श्रीमतीलाई जागिर दिने जिल्ला कारागार कालिकोटका प्रमुख मानबहादुर बिककी श्रीमती रिता विकको नियुक्ती बदर भएको छ ।

कारागारा विभाग र जिल्ला प्रशासनको अनुमती नलिएर सुचना प्रकासन समेत नगरी आफ्नी श्रीमती विकलाई कार्यालय सहयोगी पदमा मनमर्जी नियुक्ती दिएपछी राजधानी राष्ट्रिय दिनिकमा समाचार प्रकासित र स्थानियले बिरोध जनाएपछी नियुक्त बदर गरिएको हो ।
हाकिमले आफ्नै श्रीमती एकै कार्यालयमा जागिर सुहाउदो हैन। त्यसैमा पनी स्थानिय नभएर दैलेखदेखी ल्याएर जागिर दिनु राम्रो हैन पहिलै भनेको थिए मानेन् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । अहिले बदर भएको छ ।

 

यस्तो थियो पहिलाको समचार

स्थानिय कर्मचारी हटाएर श्रीमतीलाई जागिर

1.7k

SHARES

1.9k

VIEWS

कालिकोट – जिल्ला कारागार कालिकोटका कार्यालय प्रमुख मानबहादुर बिकले आफ्नी श्रीमतीलाई जागिर खुवाएको भेटिएको छ । गत साउन महिनादेखी कारागार कार्यालयमा रक्क्त रहेको कार्यालय सहयोगी पदमा पदपुर्तीका लागी सुचना प्रकासन नै नगरी आफ्नै श्रीमती रिता बिकलाई खुसुक्क करारमा नियुक्त गरेको पाइएको हो । पुर्व कार्यालय प्रमुख जेलर नरबहादुर सार्कीले २०७१ सालदेखी सोही कार्यालयमा काम गर्दै आएकी कार्यालय सहयोगी सरिता शाहीलाई हटाएपछी गत साउन महिनादेखी सो पद रिक्क्त रहेको थियो ।
रिक्क्त पदमा जागिरका लागी स्थानियका निवेदन परेपनी कार्यालय प्रमुख बिकले सोही निबेदन लत्ताउदै आफ्नी श्रीमती रितालाई २०८१ साल माघ २ गते नियुक्ती दिएको समेत भेटिएको छ । यही मंसिर ९ गतेदेखी कार्यालयमा हाजिर भएका कार्यालय प्रमुख विकले सुचनानै प्रकासन नगरी स्थानियका निबेदन लत्ताएर आफ्नै श्रीमतीलाई जागिर खुवाएका हुन । सामान्य लेखापढी गर्ने आर्थिक अवस्था कमजोर भएका त्यसैमा पनी स्थापिनय हुदा कार्यालयको कामकाजमा सहज हुने जस्ता व्यक्तीलाई कार्यालय सहयागीमा नियुक्त गर्नु पर्ने भएतापनी प्रमुख बिकले आफ्नै श्रीमती लाई जागिर खुवाएको विषयप्रती यहाँका नागरिकहरुले बिरोध गरेका छन ।
दश वर्षदेखी काम गर्दै आएकी कर्मचारीलाई हटाउनु गलत थियो । हटेको कर्मचारीलाई पनी पुर्नवाहाली गर्न सकिन्थ्यो एक स्थानिय नागरिकले भने”। हामिले त बोल्न मिल्दैन श्रीमतीलाई हाकिमले जागिर खुवाउनु सुहाउने बिषय हैन बिवाद हुन्छ भनेका थियौँ उनले नाम नबताउने सर्तमा बताए । यस विषयमा प्रमुख जिल्ला अधिकारीसंग वुझ्न खोज्दा उनले कार्य सम्पादनमा सहजताको लागी सहयोगी राख्न पाउनु प्रमुखको अधिकार हो । तर यसमा जागिर खान पाउँ भनी स्थानियको निबेदन परेको हुनाले आफु कार्यालय प्रमुख आफ्नो श्रीमतीलाई जागिर खुवाउनु त्यती सुहाउदो विषयत हैन । यस बिषयमा हामि बुझ्छौ सहायक प्रमुख जिल्ला अधिकारी बिमल गुरुङले बताए । कुनैपनी कार्यालयले करार कर्मचारी सुचना निकाल्नु पर्ने हुन्छ तर, यहाँ यसो गरिएको देखिदैन आफु खुसी कर्मचारी राखेको देखिने गरेको उनको भनाई छ । बिभाग संग सहमती लिएर आफुले श्रीमतीलाई जागिर खुवाएको कार्यालय प्रमुख मानबहादुर बिकले बताएका छन । उनले अरु कुराको जवाफ नदिएरै फोन काटेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित