सानिमा बैैंक कालिकोटद्धारा एक लाख बराबरको छात्रवृत्ति प्रदान

सानिमा बैैंक कालिकोटद्धारा एक लाख बराबरको छात्रवृत्ति प्रदान

कालिकोट – सानिमा बैैंक मान्म शाखाले स्थानिय गरिब तथा जेहेन्दार बिद्यार्थीलाई एक लाख रकम बराबरको छात्रबृत्ती प्रदान गरेको छ । वुधवार एक कार्यक्रमको आयोजना गरी दुई जना बिद्यार्थीलाई जनही रु ५०÷५० हजार बराबरको छात्रावृत्ति प्राप्त गर्न सफल बिद्यार्थीलाई सम्मान सहित प्रमाण पत्र हस्तान्तरण गरिएको हो ।

गरिब तथा जेहन्दार खाँडाचक्र नगरपालिका वडा नम्बर ११ का रुपेश बहादुर शाही र वडा नम्बर २ निवासी विवेक जैसीलाई छात्रवृति प्रदान गरिएको हो। कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश नेपालीद्वारा छात्रवृत्ति प्राप्त बिधार्थीलाई सम्मान गरिएको थियो ।

बिगत १४ बर्षदेखि सानिमा बैंकका शाखाहरुबाट निरन्तररुपमा संस्थागत उत्तरदायित्व कार्यक्रम ”सानिमा छात्रवृत्ति”अन्तर्गत गरिब,जेहेन्दार तथा बिपन्न परिवारका दुई जना बिद्यार्थीलाई प्रत्येक बर्ष हरेक शाखाबाट एक लाख रकम बराबरको छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।
बिद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आईरहेको बैकका शाखा प्रवन्धक मछिन्द्र कुमार भण्डारीले बताए ।

स्थानीय तहका विद्यालयहरुबाट प्राप्त आवेदनका अनुसार छनौट प्रक्रीयामा समावेश भएर उत्तीर्ण हुन सफल बिद्यार्थीलाई छात्रवृति प्रदान गरीएको हो । आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुको लागि,सानिमा बैंकले ल्याएको यस्ता छात्रवृत्तिका कार्यक्रमले बिद्यार्थीको उज्जवल भविष्य निर्माण गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।
फोटो ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित