अनेरास्ववियु कालिकोटको अधिवेशन केन्द्रिय अध्यक्ष बडालद्धारा उद्धाटन

अनेरास्ववियु कालिकोटको अधिवेशन केन्द्रिय अध्यक्ष बडालद्धारा उद्धाटन

कालिकोट- अनेरास्ववियु कालिकोटको १५ औँ जिल्ला अधिवेशनको सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ ।
संगठनका जिल्ला अध्यक्ष धर्मबहादुर शाहीको सभा अध्यक्षता, केन्द्रिय सदस्य समिक बडालको प्रमुख आतिथ्यता, केन्द्रिय सचिव सन्जिब धिताल, नेकपा एमाले कालिकोट पार्टी अध्यक्ष तुलरानज मल्लको विषेश आतिथ्यता,एमाले कर्णाली प्रदेश कमिटि सदस्य तपेन्द्र शाही, पंखबहादुर मल्ल, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज रेखा थापा लगायतका विद्यार्थी नेता र एमाले पार्टी पधाधिकारी जिल्ला कमिटि र विद्यार्थि नेताहरुको उपस्थितीमा अधिवेशनको उद्घाटन गरिएको छ ।
अधिवेशनमा कालिकोट जिल्लाका ८२ वटै वडादेखी प्रतिनिधीको उपस्थिती रहेको छ । नयाँ नेतृत्व चयनको सर्वसहमतीबाटै नेतृत्व छान्ने जनाइएको छ ।एमाले नेता कमलकुमार शाही लगायतका वरिष्ठ नेताहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन संगठनका सचिव प्रेमरावतले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित