मर्मत संभार कार्यकर्तालाई तालिम

मर्मत संभार कार्यकर्तालाई तालिम

कालिकोट – खानेपानी तथा सरसफाई योजनाको दिगोपना,ग्रामीण मर्मत संभार कार्यकर्ताको हरुको लागी ७ दिने तालिम सुरु गरिएको छ ।
(एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाल सुर्खेतको आयोजना ,मानवअधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सामाजिक सहजिकरणमा बुधवार देखि ग्रामीण मर्मत संभार कार्यकर्ताको लागि ७ दिने आधारभूत तालिम खाँडाचक्र नगरपालिकाको वडा नं २ को पोरिपालिमा सुरू भएको हो ।

खानेपानी तथा सरसफाई योजनाको दिगोपना,ग्रामीण मर्मत संभार कार्यकर्ताको सपना भन्ने मुल नाराका साथ तालिममा कार्यक्रम लागू भएका खाँडाचक्र नगरपालिका ,नरहरिनाथ गाउँपालिका,शुभकालिका गाउँपालिका ,र रास्कोट नगरपालिकामा संचालित विभिन्न योजनाका २५ जना मर्मत संभार कार्यकर्ताको सहभागीता रहेको छ ।।

हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले खाँडाचक्र,नगरपालिका,शुभकालिका गाउँपालिका,नरहरीनाथ गाउँपालिका,रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा खानेपानी तथा सरसफाईका क्षेत्रमा काम गदै आएको जानकारी दिए ।

हुरेन्डेक नेपालले कालिकोटमा खानेपानी, वातावरण बालवालिका, झोलंगेपुल निर्माण र उत्पादनशिल क्षेत्रमा लगानी गदै आएको हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलीपकुमार शाहीले बताए । पछिल्लो समय वातावरणीय अनुकुल विश्वकै चिन्ता र चासोको विषय रहेकाले यसको रोकथाम र न्युनिकरणमा लामो समयदेखी काम गर्दै आइरहेको समेत बताए । लोपोन्मुख रेडपाण्डा संरक्षण, बढ्दो बालविवाहलाई न्युनिकरण गर्न काम गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित