कालिकोटको – नरहरीनाथ गाउँपालिका–८, लालुका जोरासिंह बिष्ट भारतमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएको थियो । उहाँको यही पुष १५ गते प्रेसरका कारण भारतमै मृत्यु भएपछि परिवारको बिचल्ली भएको हो ।
भारतको डेरादुनमा पल्लेदारीमा काम गर्ने विष्ट प्रेसरका बिरामी थिए । उपचारको लागी अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भयो । उहाँको मृत्युसँगै परिवारको आम्दानीको दरिलो खम्बा पनि ढलेको छ । बिष्टका १४ वर्षिय एक छोरा र ५ वर्षिय एकछोरी छन् ।
छातीसम्बन्धी रोगकी बिरामी श्रीमती ले सधैँ औषधी खानु पर्छ । परिवारमा आम्दानीको स्रोत भनेकै बिष्टले भारतमा मजदुरीबाट गर्ने कमाइ नै थियो ।
उहाँको निधनले परिवारमा खर्च कसरी टार्ने भन्ने पिरलो मात्र परेको छैन, किरियाखर्च जुटाउन समेत धौ धौ परेको छ । जग्गाजमिन केही छैन । ओत लाग्ने यही एउटा कच्ची घर छ । मृतककी श्रीमती प्रिमा बिष्टले अव कसको मुख हेहेर बसुला उनले भनिन्। परिवार पाल्ने मुख्य खम्मा गुमाए । छोरा छोरी कसरी पालुला ।
कतिपयले बिष्ट परिवारका लागि सहयोग आह्वान गरेका छन् । मृतकका गाउँले रोहनकुमार विष्टले आर्थिक अवस्था कमजोर बिष्टको परिवारको बिचल्ली देखेर उद्धारा गरिदिन आग्रह गरे । उहाँले मृतकको किरिँया खर्च, बच्चाहरूको पढाइलेखाइ, भाउजूको उपचार र घरखर्चका लागि आर्थिक समस्या भएको उल्लेख गर्दै सहयोगी मनलाई सहयोग गर्न आह्वान गर्नुभयो ।


















Discussion about this post