कालिकोट- कालिकोटलाई १६ महिनादेखि ५९महिना उमेर मुनिका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता रहेको भन्दै बिहिवार एक समारोहका बीच कालिकोट पूर्ण खोप सुनिश्चतता तथा दिगोपना जिल्ला घोषणा भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक समेत रहेका धनजितबहादुर शाहीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका छन ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार सबै ९ वटा स्थानीय तहका ८२ वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनिका २५ सय जना बालबालिका र छुट्टै १६ महिनादेखी ५९ महिना मुनिका सबै बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएको हो । योसँगै कालिकोट कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
१६ महिनादेखि १६ वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको जन स्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाहीले नेपालको संविधानको धारा ३५ र स्थानीमय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।
स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अर्न्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।
घोषणकै अवसरमा खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिका स्वास्थ्य शाखालाई सम्मान समेत गरेको छ । घोषणा जिल्लाका राजनितिक दल सरोकारवालाको उपस्थितिमा गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, गाउँपालिका तथा नगरपालिका प्रमुख प्रहरी प्रमुख, सरोकारवालाहरुको उपस्थितीमा घोषणा गरिएको थियो ।
सम्बन्धित फोटोः
१) घोषणा सभा
Discussion about this post