Online News Khabar

दुई दिनदेखि कर्णाली राजमार्ग बन्द बर्षातका कारण पहिराे पन्छाउन सकस

897
SHARES
1.1k
VIEWS

कालिकोट – शुक्रबारदेखि परिरहेको अविरल वर्षातका कारण पहिरो गएर अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुलाउन सकिएको छैन । निरन्तर वर्षात् भइरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको हो । साथै एक ठाउँको पहिरो पन्छाउन नसकिँदै अर्को ठाउँमा पहिरो जान सुरु भएको छ । 

विशेष गरी राजमार्गको कालिकोट–जुम्ला, कालिकोट–मुगु सडक खण्डमा पहिरो गइरहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाका अनुसार कालिकोट खण्ड अन्तर्गत गगने खोला र एस मोडमा पहिरो गएको छ । यी दुई ठाउँमा ढुङ्गाहरू खस्ने क्रम जारी रहेकाले पन्छाउन समस्या भइरहेको हो ।

 ‘त्यहाँ दैलेखको राकम कर्णालीबाट मेसिन गए पनि पहिरो जाने क्रम जारी रहेकाले पन्छाउने काम सुरु भैसकेको छैन,’ । शनिबार नै गएको राजमार्ग अन्तर्गत हुल्मको पहिरो सफा गर्ने क्रम जारी रहेको थापाले बताए । यस्तै शनिबार नै गएको तिलापुफाको काल्जे ठाउँको पहिरो बिहान मात्रै पन्छाएर सकिएको छ । यस्तै खाँडाचक्र नगरपालिका–६, को माेल्फा भन्दा अगाडि ए नजिकै भर्खरै पहिरो गई राजमार्ग अवरुद्ध भएको छ ।

यस्तै कर्णाली कोरिडोर अन्तर्गत फुगाड खोलमा पहिरो गएर कर्णाली कोरिडोर पनि अवरुद्ध भएको उनले बताए । त्यहाँ प्रहरी गइरहेको छ । वर्षातका कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएपछि माथिल्लो कर्णालीमा यातायातको सुविधा प्रभावित भएको छ । 

यस्तै सुर्खेतबाट माथिल्लो कर्णालीतर्फ जान लागेका सवारी साधनहरू बिच बाटोमा अलपत्र अवस्थामा छन् । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयबाट मेसिनहरू प्रयोग भइरहेका छन् भने प्रहरीले त्यहाँ सहयोग गरिरहेको छ ।
हिजाे मात्र हुल्मकाे पहिराे पन्छायर राेकियका सवारी साधन खुलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित