Online News Khabar

रास्कोटमा पाठेघर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर एक सय ७७ जनाले लिए सेवा

869
SHARES
1k
VIEWS

कालिकोट – १४ वर्षको कलिलो उमेरमै बिवाह गरेकी रास्कोट नगरपालिका ५ कि बशन्ती तिरुवा अहिले एक छोरीकी आमा बनेकी छन ।
१७ वर्षको उमेरमा एक छोरीकी आमा बनिसकेकी बशन्ती अहिले पछुताएकी छन् ।सानै उमेरमा बिवाह गरेकी उनी परिपक्क शरिर नबनेकी बच्चा जन्माउदा अहिले पाठेघर सम्बन्धी समस्याले ग्रसित छन । कहिले पेट दुख्ने महिनावरी गडवडी हुने लगायतका समस्याले पिडित छन ।
पाठेघर सम्बन्धी पिढा झेल्दै आएकी बशन्ती नगरपालिका नजिकैको गौतु अस्पतालमा निशुल्क चेकजाँच तथा उपचार शिविर संचालन हुदा खुसी हुदै चेकजाँच गर्न आइन ।
यस्तै सोही समस्याले पिडित ३३ वर्षिय बविता शर्मामा पनी गाउँ नजिकै निशुल्क शिविर संचालन हुदा खुसी हुदै चेकजाँच गरिन ।
गाउँ घरमा सानै उमेरमा बिवाह गरी बच्चा जन्माउने, मेला पात र भारी बोकि रहनुले अधिकासं महिला पाठेघर सम्बन्धी समस्या झेल्दै आइरहेकी थिन । गौतुकोटमा एक दिने निशुल्क शिविर संचालन हुदा एक सय ७७ जना महिलाहरुले सेवा लिएको अस्पतालले जनाएको छ ।

हुरेन्डेक नेपाल कालीकोटका महासचिव दान बहादुर बिकको अध्यक्षतामा संचालन भएको शिविरमा रास्कोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जवानसिह बमको प्रमुख आतिथ्थतामा रहेको शिविरमा रास्कोट नगरपालिकाका सम्पुर्ण वडाबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बिन्धि समस्या भएका किशोर,किशोरी तथा युवा महिलाहरुले सेवा लिएका थिए । शिबिरमा महिला १७० पुरुष ७ गरि जम्मा १७७ जनाले सेवा लिएका छन । जिल्ला अस्पताल कालीकोटका मेडिकल अधिकृत प्रतिभा भण्डारी, रास्कोट अस्पतालका मेडिकल अधिकृत सुमन कुसहावा र रास्कोट अस्पतालका स्वास्थ्य कर्मिहरुले बिरामिहरुको चेक जाचका साथै उपचार गरीएको बताईएको छ ।

उद्घाटन शिविरमा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बमले नगरपालिकाकाले गर्न पर्ने काम हुरेन्डेकले गरेकोमा धन्यबाद समेत ज्ञापन गरेका थिए । ग्रामिण भेगमा किशोर किशोरी तथा युवाहरु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि खुलेर आफ्ना समस्याहरु भन्न नसक्नुले थप समस्याहरु आउने गरेको र यस्ता समस्याहरु खुलेर स्वास्थ्य कर्मिहरु सग राख्न सेवा ग्राहिहरुलाई कार्यक्रम संयोजक डम्बर बोहराले आग्रह गरेका थिए ।

शिविरमा धेरै जसो बिरामिहरु महिनावारीको समयमा पेट दुखाई,पिसावमा खराबि,महिनावारी गडबडि र पाठेघर सम्बन्धिका बिरामिहरुले उपचार लिएका हुन ।प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग हुरेन्डेक नेपाल कालीकोटको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तगत रास्कोट नगरपालिको समन्वयमा शिविर संचालन गरिएको हो ।

सम्बन्धित फोटो ः

१) गाउँमै निशुल्क यौन तचथा प्रजनन्सम्बन्धी स्वास्थ्य शिविर संचालन हुदा चेकजाँच गर्दै स्थानिय महिलाहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित