Online News Khabar

युनिकोड

गाल्जेमा पुग्यो नुन

859
SHARES
1k
VIEWS

कालिकोट – कालीकोटको तिलागुफा नगरपालिकाले गाउँमै आयोडिनयुक्त नुन पु¥याएपछि स्थानीय खुशी भएका छन्। आयोडिनयुक्त नुन लिनका लागि सधैं सदरमुकाम जानुपर्नेमा यसपटक गाउँमै नुन पाएपछि स्थानीय खुशी भएका हुन्।

स्थानीय सरकार घर आँगन र चुल्लोको सरकार भएको भन्दै नगरपालिका निवासी देवी शाहीले भनिन्, ’तिलागुफा वासीका जनताका लागि गाउँमै नुन डिपो स्थापना गर्ने सरकारलाई धन्यवाद दिनुपर्छ। राजधानीमा सुनको खाँचो भए पनि कर्णालीमा नुनको खाँचो छ । सरकार आयोडिनयुक्त नुन गाउँमै पु¥याउनु पर्छ।’

नगरपालिकाका नागरिकका लागि नुन डिपो स्थापना गरी पालिकाको केन्द्र गाल्जेमा डिपो स्थापना गरी बितरण गरिने नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए। ’एक प्याकेट नुन लिनका लागि जनताले सदरमुकाम धाउनु परिरहेको छ। यसका लागि स्थानीयले तीन हजारदेखि चार हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता छ । अब नुन खरिद गर्नका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। त्यसैले आयोडिनयुक्त नुन गाउँमा नै उपलब्ध गराउने उद्देश्यले डिपोको स्थापना गरेका छौ। अब जनताले ढुक्क भए हुन्छ आयोडिनयुक्त नुन गाउँको डिपोमा संकट हुन दिँदैनौं, उनले भने।

जिल्ला सदरमुकाम मान्ममा जाँदा एक पाकेटको ९ रुपैयाँ पर्थ्यो भने गाउँमै ९ रुपैयाँले किन्न पाउनु भनेको स्थानीयबासीका लागि सहज भएको स्थानीय युवा रेशम शाहीले बताए। उनले भने, ’नुन लिन आउँदा नेपाली नागरिकता ल्याएर आउनुपर्ने रहेछ। यस्तो झन्झट चाहिँ नागरिकलाई नदिएको भए हुने हो।’

५ पाकेट नुनका लागी जिल्ला सदरमुकामा धाउनु पर्ने वाध्यताको अन्त्य भएको भन्दै स्थानिय वासीहरु नुन गाल्जेमा पुगेपछी नुन लिनेको भिड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित