Online News Khabar

बिवादित महावुधामः कालिकोटको भुमीमा रहेको भेटियो

1.4k
SHARES
1.7k
VIEWS

कालिकोट – पश्चिम नेपालको प्रसिद्ध धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल महावुधाम कालिकोटको भुमिमा रहेको पाइएको छ ।
कालीकोट जिल्लाको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिकाबीच सीमा साँधमा रहेको यो धाम वषौदेखी विवाद बढ्दै आइरहेको थियो ।
सिमा विवादकै कारण पश्चिम नेपालकै प्रसिद्ध यो धाम विकासमा पछाडी पर्दै आइरहेको छ । विवादकै कारण यो धामको विकास हुन सकेको थिएन । उता दैलेखको महावु गाउँपालिकाले आफ्नो भुमिमा रहेको भन्दै दावि गर्दै आइरहेको थियो भने यता कालिकोटको महावै गाउँपालिकाल आफ्नो भुमिमा रहेको दावि गर्दे आइरहेका थिए । दुवै जिल्लाको सिमा विवादका कारण यो क्षेत्रमा अहिले सडक र पुर्वाधार पुग्न सकिको छैन ।
सिमा विवाद झन् झन चकिदै गएपछी कालिकोटको महावै गाउँपालिकाले बिज्ञप्ती निकाल्दै प्रमाण सहित दावि पेश गरेको छ ।
महावुधाम को वारेमा कुनै पनी सिमा विवाद नरहेको महावै गाउँपालिका वडा नं ४ का वडाध्यक्ष हरीबहादुर शाहीले जनाएका छन । परम्परागत रुपमा बाजेको पालादेखी डिल्लीकोटको आफ्नो वडाको सिमानामा रहेको जनाइएको छ ।
विज्ञप्तीमा वि. स १९९६ को नंसाकन , २०२२ सालको भमिसुधार, र २०५०÷ ५१ को नापनक्सा जस्ता बिद्यामान प्रमाणले महावु धाम यसै वडामा समेटिएको दावि गरिएको छ । नाम उस्तै मिल्दैमा अर्कोको भुमी आफ्नो नहुने समेत वडाध्यक्ष शाहीले बताए ।
यो धाम २०५३ सालमा नावी कार्यालयले नापी गरेर महावै गाउँपालिका वडा न ४ को लेख वस्तीमा रहेको देखाएको छ ।
महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समितिदेखि दुवै जिल्लाका स्थानीय सरकारले करोडौं रुपैयाँ बजेट खर्च गरे पनि सीमा विवाद समाधान हुन सकेको थिएन ।

पश्चिम नेपालकै ठूलो धामका रूपमा रहेको महावुधाम समुद्री सतहदेखि चार हजार दुई सय मिटरको उचाइमा छ । पर्यटकीय रूपले निकै सम्भावना बोकेको महावुधाममा बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको छ । तथ्यांकअनुसार बर्सेनि २० हजार बढीले महावुधामको दर्शन गर्ने गरेका छन्। महावुमा रहेको शिवलिङको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ।

महावु मेलामा धेरै जिल्लाका भक्तजनको सहभागिता रहने महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘महावुकै नामबाट कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका नामाकरण भएका छन् । परापूर्वकालदेखिको उपभोग र बासस्थानका हिसावले कालीकोटको महावै गाउँपालिकाका बासिन्दाहरूको चरिचरन क्षेत्र पनि हो । त्यसैले सो धाम कालीकोटकै हो’, उनले भने ।

महावुधामको विकासका लागि तत्कालीन जिल्ला विकास समिति कालीकोट र महावै गाउँपालिकाले मन्दिर, धर्मशाला र अन्य भौतिक पूर्वाधार निर्माण गर्न करोड बढी रकम लगानी गरिसकेका छन् । साँध सीमाना र पानी ढल पनि कालीकोटतर्फ फर्केकाले महावुधाम कालिकोटको भएको सिंहको दाबी छ । महावुधाम कालीकोटकै सीमा क्षेत्रमा पर्ने दैलेख जिल्ला अदालतले फैसलासमेत गरिसकेको छ ।

दुई गाउँपालिकाबीचको सीमा विवादका कारण मेलामा आउने भक्तजनहरूले झगडा गर्ने, मन्दिर, गोठ भत्काउनेजस्ता काम गरिरहेका छन । प्रमाणका आधारमा महावुधाम वडा नं ४ मा पर्छ तर उता दैलेखले आफ्नो क्षेत्रमा पर्ने भन्दै दावि गरेको छ ।
त्यसैले सीमा विवाद समयमै समाधान नभए स्थिति थप जटिल बन्ने देखिएको छ । ‘दुई पालिकाबीचको सीमा विवाद समाधानका लागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग माग गरेका छौँ ं। विवादले पर्व र मेलामा हिंसकरूप लिन सक्छ’, अध्यक्ष सिंहले भने, ‘त्यसैले विवाद समाधान गर्न ढिलो गर्नुहुँदैन ।’

दैलेखको महावु गाउँपालिका उपाध्यक्ष मञ्जु पाण्डेले महावुधाम दैलेखमा रहेको दाबी गरिन् । महावुधाम कालीकोटकै हो भन्ने पुष्टि गर्ने प्रमाण कसैले पेस गर्न सकेका छैनन् । प्रमाण छ भनेपनी उतिखेर पानी नक्सा पटक पटकको समयमा दैलेखखमा पनी भएको छ । महावु हाम्रो पालिकाको पनि चरिचरन क्षेत्र हो । दुवै जिल्लाका सम्बन्धित निकायले छलफल गरेर समाधान निकाल्नुपर्छ’, उनले भनिन्, ‘यो विवादलाई बढाउनेभन्दा पनि समाधान गर्ने गरी स्थानीय सरकारले समन्वय गर्नुपर्छ ।’

दुवै जिल्लाको अनुगमन टोलीले चासो देखाए पनि सीमा विवाद समाधानका लागि ठोस पहल नहुँदा विवाद बढ्दै गएको स्थानीय करन सिंहले बताए । ‘दुई जिल्लाको सीमा विवाद समाधान नभएकै कारण कर्णाली प्रदेशकै प्रचुर सम्भावना बोकेको पर्यटकीय स्थल महावुधाममा दर्शन गर्न आउने तीर्थालुले असुरक्षा महसुस गर्ने गरेका छन्’, उनले भने ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले महावु सीमाका विषयमा छलफल भए पनि दुवै जिल्लाका समन्वय प्रमुख, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजको उपस्थितिमा कानुनी आधारमा सीमा विवाद टुंग्याउनुपर्ने बताए । महावुमा मेला लाग्ने समय नजिकिँदै गरेकाले समयमै विवाद समाधान गर्नुपर्नेमा उनले जोड दिए । दैलेखका जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सीमा विवादका विषयमा जानकारी लिएर समाधानको पहल थाल्ने बताए। ‘महावुधाममा दर्शन गर्न आउने भक्तजनलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने वातावरण हामी बनाउँछौं । हजारौं पर्यटकको रोजाइमा पर्ने महावुधामलाई दुई पालिकाबीचको विवादको विषयले प्रभावित पार्नुहुँदैन नागरिक समाज र सरोकारवालाहरू जिम्मेवार भएर विवाद समाधान गर्नुपर्छ’, उनले भने ।

महावुधामलाई कर्णाली प्रदेशकै महत्वपूर्ण पर्यटकीय स्थलका रूपमा लिइएको छ । कर्णाली प्रदेशले यसको विकासका लागि बजेट छुट्ट्याए पनि विवादका कारण योजना कार्यान्वयन हुन नसकेको महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । ‘विगतका स्थानीय सरकारले पनि विवाद समाधानका लागि ठोस पहल गरेनन्। अब हामीले ढिलो गर्नुहुँदैन’, उनले भने ।

महावुधामको महत्व

यो धाम यहाँको अग्लो स्थान महावुलेकको पाटनमा अवस्थित छ। यो स्थान कालीकोटको महावै गाउँपालिका ४ मा पर्छ । प्रत्येक वर्ष जनैपूर्णिमाका दिन यहाँ भव्य मेला लाग्छ । जनैपूर्णिमाका दिन विशेष पूजा गरिने भएकाले महावुधाममा भगवान् शिवको दर्शन गर्न दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलालीसँगै भारतबाटसमेत भक्तजनहरू आउने गर्छन् ।

महावुलेखका डाँडाकाँडामा बादलको घेराले पगरी बेरेजस्तै भएर महावुधाम बसेको छ । सुन्दर पाटन हेर्ने र धार्मिक आस्था मान्नेहरूका लागि महावुधाम आकर्षणको केन्द्र हो । महावुधामबाट बर्दिया, कैलालीको टीकापुर र नेपालगन्जसम्म देख्न सकिन्छ।
पाटनको बीचमा रहेको ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भन्ने गरिन्छ । महावु जगन्नाथलाई महादेवका प्रतीकका रूपमा लिइन्छ। जगन्नाथलाई प्रार्थना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकाले महादेवलाई त्रिशूल बनाएर चढाउने गर्छन्। काँधमा त्रिशूल बोकेर शिवको महिमा गाउँदै भक्तजनहरू पैदल यात्रा गर्छन् ।

कालीकोटका काफ्ले थरका एक जना र दैलेख जिल्लाका आचार्य थरका एक जना पुजारीले पूजा गर्ने परम्परा रहेको महावुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे पनि पछिल्लो समय महिलाले पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।
महावुगाथ रहेको स्थान रमनीय, पाटन क्षेत्र र समथर चरिचरन भएकाले दैलेख, कालिकोट, जुम्लालगायतका स्थानबाट भैंसी, भेडा बाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्छन् । वर्षभरि हुने अन्न अभाव हटाउन, गाईवस्तु र मानव जीवनको अकाल मृत्यु हुनबाट बचाउन शिवको पूजापाठ गर्ने गरिन्छ ।

पूजाका लागि पुग्ने भक्तजनले मुख्य मन्दिरको करिब चार सय मिटर टाढैदेखि बुकी झारलगायत मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ। दाम्लो बाँधेकै अवस्थामा मरेका पशु चौपायाहरूको मोक्ष प्राप्तिका लागि किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि छ ।

नबोलिकनै शिवलिङ भएको स्थानलाई तीर्थयात्रीले सातपटकसम्म परिक्रमा गर्ने गर्दछन ्। शिवलिङमा दैलेखका आचार्य र कालीकोटका ब्राहमणहरूले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानहरूमा रहेका देवी देवताहरूको पूजा हुने प्रचलन छ ।

उत्त स्थानमा प्रत्येक वर्ष जनैपुर्णीमाको अघिल्लो दिन देखि तिन दिनसम्म भव्य धार्मीक मेला लाग्ने गर्दछ । समुन्द्र सतह देखि ४ हजार २ सय मिटर अग्लो फाँटमा रहेको रमणिय धार्मिकस्थलमा एउटा मात्र बर मागे पुरा हुने बिश्वास कायम रहेकाले प्रत्येक वर्ष हजारौ आन्तरीक वाहिय धार्मीक पर्यटक महावु धाम पुग्ने गरेका छन ।

महावुको महिमा

दुई जिल्लाको सिमाना पर्ने महाबु धाममा दैलेखको भुर्ति ठाउँका आर्चाय ब्राहमणका बोल्न नसक्ने छोरा भैसी चराउन गएको वेला ढुंगामा सुतेको अवस्थामा ढुंगा भित्रबाट शरिर धकेलीए पछि उनले आफुसंग रहेको हसीयाले खोतल्दा शिब भगवानको उत्पति भई दर्शन पाएको भन्ने किम्वदन्ती छ ।

शिव भगवानको उत्पति भएपछि बोल्न नसक्ने आर्चाय ब्राहमणका छोरालाई बेद पढ्न सक्ने बरदान दिई शिला लिगंमा दूध चढाउनु र अरु कसैलाई नभन्नु भनी आज्ञा दिएको भन्ने भनाई रहेको छ ।

उत्त कुरा उनका साथिले थाहा पाएपछि सबैलाई भन्न लगाएको र भनेका आचार्यका छोराले शिब भगवान बाट पाएको बरदान सुनाए लगतै उनको मृत्यु भएकाले यहि किम्बदन्तीअनुसार महावु धाममा दुई सय वर्ष अगाडिबाट शिव भगवानको र्दशनगर्न आउँन धार्मीक पर्यटकको बाक्लो उपस्तिथि हुने गरेको मन्दिरका पुजारी रामानन्द्र काफ्लेले बताए ।

उनका अनुसार नेपालको सबै भन्दा अग्लो स्थानमा हरेक वर्ष धार्मीक मेला लाग्ने र अरु समयमा पनि महावुको अवलोकन गर्नलाई आन्तरीक तथा वाहिय पर्ययटकको महावुमा बाक्लो आगमन हुनेगरेका काफ्लेले बताए ।

मनले मागेको पूरा हुने विश्वास

महावु धाममा दर्श गरे पछि मनले मागेको पूरा हुने विश्वास रहेको छ । पुजारी काफ्लेका अनुसार शिबलिंगको दर्शन गरेमा मनले मागेको पुरा हुने बताउँछन् । सन्तान नभएकाले सन्तान मागेमा सन्तान हुने र पाप नाश हुने उनको भनाई छ ।

पहिले प्रत्येक वर्षको जनैपुणिमाको दिन लाग्ने धार्मीक मेलामा महिला जान नपाउने भए पनि केही बर्ष एता महिलाहरुले पनि उल्लेख्य मात्रामा सहभागीता जनाउन थालेका छन। पुजारी र उनका आफ्न्त परिवारका महिला भने शिवको दर्शन गर्न अहिले पनि नजाने पुरानै पम्परा रहेको छ।

बासस्थानको समस्या ओडारमा पर्यटक

हरेक बर्ष हजारौ धार्मीक पर्यटक बिभिन्न समयमा महावुको रमणिय स्थलको अबलोकन गर्न जानेगरेको भएपनि उनिहरुलाई बासस्थानको अभावले ओडारमा बास बस्नु परेको महावु पुगेर आएका हेम राज अधिकारीले बताए ।

स्थानिय सरकार आय संगै कालिकोटको महावै गाउँपालिकाले आफ्नो क्षेत्रमा तीनवटा धर्मशाला निर्माण गरे पछि महावु धाममा पुगिसके पछि पर्यटकलाई सहजता महसुस हुने भएपनि प्रयाप्त वासस्थानको समस्या कायमै रहेको छ । यता दैलेख तर्फ निर्माण सुरु गरिएका धर्मशालाको काम समयमा सम्पन्न हुन नसके पछि गाईगोरु बस्ने स्थानमा पणिनत भएका छन ।
सम्बन्धित फोटो ः
१) दुई जिल्ला कालिकोट र दैलेखको सिमामा रहेको महावुधाम

२) २०५० सालमा नापी कार्यालय कालिकोटले यो धामलाई महावै गाउँपालिका साविकको डिल्लीकोटको भुमिमा रहेको भनी नापी नक्सा दिएको नक्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित