कालिकोट – कालिकोट जिल्लामा पहिलो पटक प्रदेश स्तरिय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार एक कार्यक्रमका बिच प्रतियोगिताको सदरमुकाम मान्मको कवडहलमा उद्घाटन गरेका हुन ।
प्रदेश राधानीमा संगै जिल्ला जिल्लामा भौतिक संरचना देखी राष्ट्रिय खेलहरुपनी आयोजना हुन थालेको पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । कालिकोटमा पनी प्याराफिड सहितको रंगशाला निर्माणको लागी ठेक्का भइसकेको बताए । कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद्को तयारीको लागी कर्णालीका दश वटै जिल्लाहरुमा नयाँ नयाँ खेलहरु हुन थालेका छन ।
कर्णालीमा विभिन्न खालका सम्भावनाहरु हुदा हुदै पनी गरिब हुन परेको बताए । यसको निराकरणको लागी राज्य निरही रहेको आरोप लगाए ।
कालिकोट ब्याटमिन्टन संघको आयोजनामा सुरु हुन लागेको प्रतियोगितामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट १८ वटा टिन दर्ता भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार एक सय ११, दृतियलाई ३१ हजार एक सय ११ र तेस्रो हुनेलाई १५ हजार एक सय ११ रुपैयाँ पुरस्कार रहेको छ ।
कर्णाली र मध्यपश्चिममा गाउँदेखी सहरसम्म बढिजसो खेलिने भलिवल पछी कालिकोटमा पहिलो पटक ब्याटमिन्टन, कराते, किक्र्रेट लगायतका खेलहरु खेल्न थालिएको छ ।
उद्घाटन कार्यक्रममा ब्याटमिन्टन संघ कालिकोटका अध्यक्ष बिरेन्द्रबहादुर शाहीको सभा अध्यक्षता, कर्णाल िप्रदेश का पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहकिो प्रमुख आतिथ्यता , जिल्ला समन्वय समितिका प्रमुख धनजितबहादुर शाही, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विशामित्र संज्याल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गंगा वोगटी,नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमनबहादुर शाही, कांग्रस कालिकाट सभापती अम्मबहादुर शाही,एमाले नेता रमेश शाही, जिल्ला उपाध्यक्ष दयाराम सिम्खाडा, कमलकुमार शाही लगायतका अन्य राजनितिक दल सरोकारवाला र खेलाडीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेशका सभापती, खाँडाचक्र नगरपालिका प्रमुख, महावै गाउँपालिका अध्यक्ष जिल्ला खेलकुद समितिका अध्यक्ष, ब्याटमिन्टन संघका कर्णाली प्रदेशका अध्यक्ष नेपाल पत्रकार महासंघका कालिकोट अध्यक्ष लगायतले शुभकामना दिएका थिए ।
Discussion about this post