कालिकोट – स्थानिय स्तरमा हुने बालबिवाह बिरुद्ध गाउँका किशोर तथा किशोरी जागेका छन ।
सादा नेपालको सहजिकरण र पलान नेपालको सहयोगमा सदरमुकाम मान्ममा ३ दिने तालिममा सहभागि हुन आएका शान्नि त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र रास्कोट नगरपालिका किशोर तथा किशोरीले गाउँमा हुने बाल बिवाह रोकथामा लागिपरेको बताएका छन ।परियोजना लागु भएदेखी नागरिक समाज किशोर किशोरकिो पहलमा पहिलाको भन्दा पछिल्लो समय बाल बिवाह कम हुने गरेको तालिममा सहभागिले बताएका छन ।
बालबिवाह,छिटो हुने बिवाह र जवरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तरगत “बालबिवाह बिरुद्ध तर्क र मुल्यांकन“ सम्बन्धी नागरिक समाज संजालका पदाधिकारी हरुको लागि ३ दिने तालिममा सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगीको अध्यक्षतामा र अन्य अतिथिहरुको उपस्थिति मा उद्घाटन गरिएको थियो ।
सादा नेपालका कार्यकारी निर्देशक याेगिले स्थानिय तह संगकाे सहकार्यमा बनलबिबाह बिरूद्वकाे अभियान निरन्तर चलिरहेकाे छ । आगामी दिनमा आयआर्जन लगायत लैगिक अल्पसंख्यक अपांगता भएका र अति बिपन्न समुदायमा केन्द्रीकृत भएर बालबिबाह मुक्त पालिका बनाउन सुचकहरूमा पालिका संग मिलेर काम गनें र आगामी दिनमा पचारझरना र पलाता गाउँपालिकामा पनि काम गर्न जरूरी रहेकाे उद्घाटनसत्रमा याेगीले शान्नित्रिबेणाीमा नमुना ईजलास बनेकाे र पालिकामै बालबालिकाका मुद्वा हेरिन थालिएकाे मा निरन्तर थप काम गर्नु पनें देखिएकाे बताए ।=”https://onlinenewskhabar.com/wp-content/uploads/2024/01/421476529_7330399893677298_5668113181749267469_n-300×225.jpg” alt=”” width=”300″ height=”225″ class=”alignnone size-medium wp-image-3501″ />
Discussion about this post