कालिकोट – कर्णाली प्रदेशको मुगु जिल्लामा एक अबोध बालिका बलात्कृतमा संलग्नलार्ई अनुसन्धान गरी कानुनी दायरामा ल्याउन सामाजिक अभियान्ता अशोकनाथ योगीले आग्रह गरेका छन ।
राष्ट्रिय मातृ तथा बाल स्वास्थ्य संजालका राष्ट्रिय संयोजक तथा सिजप तथा सिएनएफएनंं केन्द्रीय सदस्य योगीले अबोध बालिकामाथी भएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
अत्यन्त अमानबिय,अकल्पनीय,अत्यन्तै दुखद,दुर्ब्यबहारपूर्ण,जघन्य अपराध महिला हिंसा र बालिका हिंसाको पराकाष्ठा र अनि बलात्कार जस्तो जघन्य अपराध र अमानबिय दुर्बव्यवहार अति निन्दनिय अति संबेदनशिल र अक्षम्य भएको निश्कर्ष निकालिएको छ ।
घटनामा संलग्न जो सुकै भए पनि कानुनको दायरामा अबिलम्ब ल्याउन नेपालको राष्ट्रिय कानुन,अन्तर्राष्ट्रिय कानुन र मानबअधिकार र बालअधिकार कानुनमा मा भएको कानुनी सजायको ब्यबस्था अनुरूप सबै कानुन आकर्षित हुने गरि कार्बाही प्रकृया अगाढी बढाउन गृह मन्त्रालयको ध्यानाकर्षण हुनु पर्ने योगीको भनाई छ ।
घटनालाई बिसयान्तर नगर्न र नगराउन दोषी उपर कानुन बमोजिम हदै सम्मको कार्बाही गर्न र गराउन पत्रकार र मानबअधिकार जगत अनि नागरिक समाज र अधिकारकर्मी सबैले संयुक्त रूपमा आवाज उठाउदै ऐक्यबद्धता जनाउन हुन र सरकारी र गैह्र सरकारी निकाय लगायत सरोकारवाला सबैमा बिनम्रताका साथ अपिल गरेका छन ।
सादा नेपाल कालिकोटका कार्यकारी निर्देशक समेत रहेका योगीले भने, दोषीलाई अबिलम्ब कार्बाहीको दायरामा ल्याउन,पिडितको तत्काल संरक्षण गर्न र मुगु बालिका बलात्कार घटनाको जघन्य अपराधिक घटनाको सत्यतथ्य छानबिनको गर्न आग्रह गरेका छन ।
Discussion about this post