कालिकोट- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोटले ३०२ औं पृथ्वी जयन्ती मनाएको छ ।
देशभर जस्तै कालिकोटमा पनी शुक्रवार मान्म बजारको नरहरीनाथ चोकमा पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस भन्दै भव्यताका साथ मनाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोटका जिल्ला अध्यक्ष हंसबहादुर मल्लको सभा अध्यक्षता, कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाहीको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य सत्यबहादुर शाहीको विषेश, पुर्व कर्णाली प्रदेश सदस्य शोशिला शाही, युवा नेता मदन रोकाया लगायतको आतिथ्यतामा पार्टीमा आस्तावान नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कालिकोटमा ‘गत वर्षभन्दा पनि व्यापक रूपमा पृथ्वी जयन्ती मनाइएको छ। कार्यक्रममा बोल्ने बक्ताहरुले राप्रपाले उठाइरहेका मुद्दा पार्टी विशेषको मात्र नभई राष्ट्रिय एकतासँग जोडिएका विषय भएको बिस्तारै पुष्टि भइरहेको र दलहरूले स्वीकार गरिरहेको बोल्ने नेताहरुले बताएका छन् ।
कार्यक्रमको संचालन राष्ट्रिय प्रजातन्त्र पार्टी बिद्यार्थी संगठनका कालिकोट जिल्ला अध्यक्ष बिरेन्द न्यौपानेले गरेका थिए ।
Discussion about this post