Online News Khabar

नेकपाद्धारा कालिकोटको मालकोटलाई (सि) गाउँ घोषणा

879
SHARES
1k
VIEWS

कालिकोट – जनयुद्धको उद्धमस्थल भनेर नेपाल कम्युनिष्ट पार्टी नेकपाले कालिकोटको मालकोटलाई सि गाउँ घोषणा गरेको छ । आफ्नो नामको पछाडी सि जात लेख्ने गरेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले माल्कोट गाउँलाई प्रवक्ता खड्गबहादुर विश्वकर्माले मंगलवार एक भव्य कार्यक्रमको आयोजना गरी माल्कोटलाई (सि) गाउँ घोषण गरेका हुन् ।
धेरैलाई सी को अर्थ थाहा नभएपनी नेकपाले (सि) लाई क्रान्तिकारी भनेर भन्दै आएको छ । पार्टी प्रवक्ता प्रकाण्डको गाउँ माल्कोट हो । उनले एक वृहत कार्यक्रमको आयोजना गरेर मालकोट गाउँलाई उनकै अर्थमा क्रन्तिकारी गाउँ अर्थात सी गाउँ घोषणा गरेका हो ।

कार्यक्रमस्थल सेरापाटा स्थिति नन्दादेवी माध्यमिक विद्यालयको प्राङगडमा झाँकी,नारा जुलुस सहित जनताको भव्य सहभागितामा सी गाउँ घोषण गरेको पार्टी स्रोतले जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका छन । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विराट सी, विवेक सी,बलवान सी लगायतका नेताहरुको आतिथ्यता रहको छ । यस्तै सी गाउँ घोषणा कार्यक्रममा विभिन्न पार्टी आएका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित