Online News Khabar

मिनि मार्केट बन्न सक्छ नगरपालिकाकाे आन्तरिक स्राेत

886
SHARES
1k
VIEWS

कालिकोट – रास्कोट नगरपालिका मुख्यालय आरसिपि बजारको मुहार फेरीदै गएकाे छ । भौगोलिक सुगमता , सबै वडामा सडक पुर्वाधार फाइवर नेट , बिधुतिकरणका सवालमा सदरमुकाम भन्दा सुगम मानियको रास्कोट नगरपालिकाको मुहार दिनानु दिन फेरीदै छ । रास्कोट नगरको संघियता पछिको दोस्रो कार्यकालमा रहेको नगर प्रमुख धर्मराज शाही नेतृत्वको स्थानिय सरकारको टिम यो आरसिपि बजारको मुहार फेर्ने काममा लागिरहेको छ । नगर मुख्यालयमा रहेका सार्वजनिक जंग्गामा रहेका घरटहरा हटाएर भवन डिभिजन कार्यालय संग मिलेर ४० वटा सटर निर्माण गरि नगरको मिनि मार्के्ट निर्मामाकार्य अन्तिम चरणमा पुर्याएको छ । स्थानिय सरकारको आन्तरीक आम्दानि सुन्य भएको , संघ र प्रदेशको मुख ताक्ने परनिर्भर सरकार भएको भनी स्थानिय सरकारको आलोचना भैरहेका बेला मिनिमार्केट निर्माणले आन्तरीक आम्दानिमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको अघिल्लो आबमा रास्कोटले ५५ लाख राजश्व संकलन गरेको बताउदै अब आगामि बर्ष मिनिमार्केट र अन्य राजश्व शीर्षक पहिचाहान गरेर १ करोड हराहारी बनाउने रास्कोट नगर प्रमुख धर्मराज शाहि पोषणले बताउनु भयो । ।
नगर मुख्यालयको आसपासमा रहेको सरकारी जंग्गा नियन्त्रणमा लिएर सरकारी मिनि मार्केट निर्माण ब्यापक चुनौति थियो । पहिले सानो राजश्व लिएर स्थानियलाइ घरेडि बितरण गरेरै बसेका स्थानियको आन्दोलन ,क्षेतिपुर्तिको मागलाइ ब्यवस्थित गर्दै सरकार मिनि मार्केट निर्माणमा सफल भएको छ । बिचमा आर. सि. सि बाटो चारै तर्फ रिङरोड र नगरको सरकारी कार्यलयक्षेत्रले निर्माण , एक साईडमा निजि ब्यपारी मार्केट भवनले रास्कोट आरसिपि बजार सिगारिन लागेको छ ।
रेडियो प्रदेश आवाजको बिकासका लागि बहसमा पत्रकार रत्न कार्कीसंग कुरा गर्दै नगर प्रमुख शाहिले नगर सरकारले बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित गरेको छ अन्य संघ ,प्रदेश र दातृनिकायको सहयोगमा यी कामहरू भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित