Online News Khabar

पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा सकियोे ः उपसचिव शाही

868
SHARES
1k
VIEWS

कालिकोट – नेकपा एमालेका कर्णाली प्रदेश कमिटि उपसचिव रमेशकुमार शाहीले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा केही समयका लागी हुने बताएका छन । नेकपा एमाले निकट भात्रृ संगठन अनेरास्वीयु र राष्ट्रिय युवा संघ नेपाल कालिकोटको संयुक्त आयोजनामा आयोजित दशै तिहार विषेश शुभकामना आदन पर्दान कार्यक्रममा शाहीले यस्तो बताएका हुन ।

अनेरास्ववियुका कालिकोट जिल्ला अध्यक्ष धर्मबहाददुर शाहीको सभा अध्यक्षतामा भएको शुभकामना आदन पर्दान कार्यक्रममा नव निर्वाचित उपसचिव शाहीले पार्टिभित्रको आन्तरिक प्रतिस्पर्दा केही समयको लागी हो । लोकतान्त्रिक बिधि र प्रद्धतीमा स्वस्थ आन्तरिक लडाई केही समयका लागी हुने गर्छ तर, अन्तरपार्टी संगको लडाईमा एकमत र एक बिचारका साथ एमाले पार्टी एकढिक्का हुदै आएको बताएका छन । भर्खरै सम्पन्न कर्णाली प्रदेश कमिटिको चुनावमा दुई समुह भएर चुनावमा जान बाध्य भयौँ यो वाध्यता पनी थियो । अहिले कुनैपनी गुटउपगुट छैन चुनावको समयमा समुह थियो अहिले नेकपा एमाले एक ढिक्का भएर उभिसकेको बताए ।

यस्तै नेकपा एमालेका काकिलोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डेले नेकपा एमालेलाई देशी तथा बिदेशी शक्तीहरुले घेराबन्दिमा पारेको अवस्थामा एमाले आफ्नो बिचार, सिद्धान्त र जनताका जन जिविकाका सवालमा उभिएको बताए ।
कार्यक्रममा केन्द्रिय सल्लाहार परिषद्का सदस्य त्रिरबहादुर बलमे नेकपा एमाले जनताको पार्टी भएकै कारणले देशी तथा बिदेशी तत्वहरुले घरेबन्दीमा पारेको आरोप लगाए । एमाले देश र जन्ताको पार्टी हो । एमालेका निती तथा कार्यक्रम जनताका दैनिकी संग सुख र दुखका सारथी भएकै कारण अहिले देशका सवै पार्टीहरु एमाले विरुद्ध लागे तर, एमाले सकाउनु भनेकै नेपाली जनता सकाउनु जस्तै हो यही भएर अहिले पनी गठबन्दन हुदापनी एमाले समानुपातीक रुपमा पहिलो पार्टीनै भयो ।

यसको मथलव एमाले पार्टी जनताको पार्टी भएको सत्य सावित भएको छ ।
कार्यक्रमको संचालन युवासंघ नेपालका जिल्ला सचिव मिनराज न्यौपानेले गरेका थिए । कार्यक्रममा एमाले जिल्ला कमिटि सदस्य लक्ष्मण ढकाल,नेपाल पत्रकार महासंघ सचिव खडान्द अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष बिश्वनाथ सिम्खाडा, तिलाकर्णाली बहुमुखी क्याम्पसका कोषध्यक्ष दिपा शाही, खुकुरी टेम्पो मार्शलआटृका कालिकोट जिल्ला अध्यक्ष दिनेश शाही लगायतका नेता तथा कार्यत्रकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित