सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व सहमतीको प्रयासबाट छान्ने प्रयास असफल भएको छ । सहमतीबाट नेतृत्व छान्न एमाले महासचिव एक रात सुर्खेत बसेपनी सहमतीको प्रयास असफल भएको छ । बुधवार राति कर्णालीका नेताहरु संग रातभरी सहमतीबाट नेतृत्व छान्न एमाले महासचिव शंकर पोखरेल बसेपनी अन्ततर सहमती नहुने भएपछी पोखरेल काठमाण्डौ फर्किएका छन ।
नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्द सत्र जारी छ । बिहीबार बिहान ११ बजे सुरु भएको बन्द सत्रमा प्रदेश अध्यक्ष बिनोेद कुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने छन् ।
प्रतिवेदनहरूमा बिहीबार दिनभर छलफल चल्ने र निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुनेछ । प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् । तर एक भन्दा बढी आकांक्षी भएकाले निर्वाचन हुने पक्काजस्तै छ ।
उनीहरू भित्री रूपमा प्यानल बनाएर चुनाव लड्ने तयारीमा रहेको नेताहरु बताउँछन् । ‘सहमति जुट्ला जस्तो छैन । कमरेडहरु आ–आफ्नो प्यानलसहित अगाडि बढिसक्नुभएको छ । निर्वाचन हुुने पक्का भएको छ’ एक केन्द्रीय सदस्यले भने, ‘भोलिदेखि मतदानको प्रक्रिया अगाडि बढ्छ । अहिलेसम्म कुनैपनि नेताले औपचारिक रुपमा अध्यक्ष लड्ने घोषण गर्नुभएको छैन ।’
एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल समूहबाट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट नेता मीनबहादुर शाहीलाई अध्यक्षको लागि अगाडि सारिएको छ । मीनबहादुरलाई प्रदेश अध्यक्ष विनोदकुमार शाह र नवराज रावत लगायतका शृर्ष नेताहरु मिनबहादुरको पक्षमा रहेको एमाले स्रोत बताउँछ ।
Discussion about this post