Online News Khabar

सुकाँटियालाई सुन्तला पकेट क्षेत्र बनाइदै

948
SHARES
1.1k
VIEWS

कालिकोट- शुभकालिका गाउँपालिका वडा नम्बर ५ तल्लो वस्ती सुकाटियालाई सुन्तला पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
कुन विरुवा कुन क्षेत्र उत्पादन गर्ने भन्ने लामो अध्यायन पछी शुभकालिका गाउँपालिकाले वडा नम्बर ५ सुकाटिया, वडा नम्बर १ र २ को औली भागमा सुन्तला पकेट क्षेत्रका रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले बताएका छन ।
माटो अनुसारको उत्पादनमा जोड दिएर व्यवासायिक रुपमा कृर्षिमा आत्मानिर्भर बनाउन गाउँपालिकाले भुगोल अनुसारको कृर्षि क्षेत्र बिस्ता गरिने अध्यक्ष आचार्यले बताए ।

जिल्लाकै सुन्तला फल्ने क्षेत्र सुकाटियालाई सुन्तला पकेट क्षेत्र, वडा नम्बर ६ हाउडीको लेकाली भागमा ओखर स्वाउ, वडा नम्बर ७ र ८ मा ओखर पकेट क्षेत्र विस्ता गर्ने तयारीमा रहेको अध्यक्ष आचार्यको भनाइ छ ।
अवको योजनामा निति तथा वजेट कृर्षि केन्द्रित रहने छ । यसका लागी माटोको परिक्षण र कृर्षि बिज्ञहरुको टोलीद्धारा अध्यान गरेर पकेट क्षेत्र घोषण गर्ने छौँ ।

अहिले सडकलाई पुर्णता र कृर्षि क्षेत्रमा बढि प्रथामिकता राखेर वजेट केन्दित हुने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर शाहीले बताए ।
यहाँ विभिन्न जातका विरुवा सुहाउदो हावापानी छ । यसका लागी माटो परिक्षण गरेर कृर्षि पकेट क्षेत्र विस्ता गर्ने शाहीले बताए ।

कालिकोटका ९ वटै स्थानिय सरकारले अवको वजेट केन्द्रित कृर्षिमा गर्नु पर्ने जिल्ला कृर्षि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।
स्थानिय सरकारले अवका मुख्य प्रथामिकता कृर्षिमा वजेट हुनुपर्ने बताए ।
स्याउ, ओखर र कालोमासी धानको व्यवस्थापन गर्न सके कालिकोट सम्वृद्ध यसैमा हुने समेत बताए । आफुले अवको वजेट एक वडा एक कृर्षि पकेटक्षेत्र बनाउनेमा योजना बनाइरहेको प्रमुख देवकोटाले बताए ।

कालिकोटमा कृर्षिमा सम्भावना भएका क्षेत्रहरु भएतापनी भिजन, योजना वजेटको अभावमा ओझेलमा रहेका छन । कालिकोट स्याउ र कालो मासी धान उत्पादन हुने जिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित