Online News Khabar

जेसीजद्वारा क्यालेन्डर बितरण

879
SHARES
1k
VIEWS

कालिकोट – कर्णाली जेसीज कालिकोटले नवँबर्षको शुभअबसरमा क्यालेन्डर बितरण गरेको छ । २०२३ का अध्यक्ष जेसी हरी प्रसाद पाण्डेको अध्यक्षता, बर्ष २०१६ का अध्यक्ष भरतराज बिष्टको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नवँबर्षको शुभकामना आदानप्रदान गर्दै यो शालले जिल्लाबासी तथा आम नेपाली दाजुभाई दिदिबहिनीहरुको सुख शान्ति र समृद्धिका लागि भाकल गर्दै कर्णाली जेसीज द्धारा ब्यक्तित्व नेतृत्व बिकासका लागि जिल्लामा रहेको आम यूवाहरुको सिप बिकासमा ध्यान दिने बताइएको छ ।

युवा लक्षित कार्यक्रमहरुको आयोजना गर्दै आम युवाहरुलाई बिकृति बिसंगति तिर भन्दा पनि खुशी र समृद्धिको बाटोमा अगाडी बढ्नका लागि १८ बर्ष देखि ४० बर्ष मुनिका युवाहरुलाई समेटेर जाने बताइएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टिका जिल्ला अध्यक्ष खड्कराज शाही, नेकपा एमाले पार्टिका प्रदेश कमिटि सदस्य पुष्पराज आर्चाय, नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य तथा बर्ष २०२० का अध्यक्ष सविन कुमार बिष्ट, लगाएतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शुभकामना दिदै कर्णाली जेसीज कालिकोटले गरेका राम्रा कामहरुको सवैले प्रशंसा गरेका थिए ।

हुरुन्डेक नेपालका कोषाध्यक्ष तथा प्रेस चौतारीका कर्णाली प्रदेश सचिव दिलिप शाही, कर्णाली जेसीजका सल्लाहाकार सदस्य मनसिंह शाही, एकल महिला समुहका पुर्व अध्यक्ष पत्मा तिरुवा, इन्सेक जिल्ला प्रतिनिधि तथा मानवअधिकारकर्मी काली बहादुर मल्ल, प्रहरी निरीक्षक यज्ञराज जोसि, बर्ष २०२१ का अध्यक्ष लक्षमण शाही, बर्ष २०२२ का अध्यक्ष धर्मराज शाही लगाएतका बक्ताहरुले नवँबर्षको शुभकाकामना ब्यक्त गर्दै जिल्लाको बिकास र समृद्धिका लागि युवाहरु एक ठाउमा आउनु पर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहुनु भएका कर्णाली जेसीज बर्ष २०१६ का अध्यक्ष भरतराज बिष्टले बर्ष २०२३ मा कर्णाली जेसीज युवा लक्षित हुने भएकाले युवा लक्षित कार्यक्रमहरुमा सवै जिल्लामा रहेका युवाहरु एकजुट भएर लाग्न आग्रह समेत गर्नुभयो ।

आजका दिनमा हामी युवाहरु गलत बाटो अबलम्वन गर्दै मदिरा, जुवा, तास लगाएतका गलत बिचारमा फस्ने भन्दा पनि जेसीज युवाहरुले गर्ने काम सुन्दर हुने भएकाले सुन्दर काममा सवैले हात हाल्न अनुरोध गर्नुभयो । जेसीज युवा बेरोजगार भएर बस्ने भन्दा पनि समाजको ऐना र ब्यबसायमा अब्बल हुनु पर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष तथा बर्ष २०२३ का अध्यक्ष जेसी हरी प्रसाद पाण्डेले कार्यक्रमको समापन गर्दै बर्ष २०२३ मा कर्णाली जेसीजले गर्ने कामहरुको चर्चा समेत गर्नुभएको थियो । कर्णाली जेसीजले यो बर्ष थप अर्वाड प्राप्त गर्ने उद्धेश्यले युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता समेत गर्नुभयो । कर्णाली जेसीज कालिकोटले यो बर्षका लागि प्रकासन गरेका क्यालेन्डहरु चिनारी स्वरुप सवै जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालय तथा स्थानिय तहहरुमा समेत क्यालेण्डरहरु बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित