Online News Khabar

अध्यक्ष सिंहले गरेआफ्ना छाेरा छाेरिलाई सरकारी बिद्यालयमा भर्ना

904
SHARES
1.1k
VIEWS

कालिकोट – महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले आफ्ना छाेरा छाेरिलाइ सरकारी बिद्यालयमा भर्ना गरेका छन् ।
गाउँपालिकाले केही समय पहिला गाउँपालिकाका का कर्मचारीका छाेरा छाेरीले अनिवार्य सरकारी बिद्यालयमा भर्ना गराउनु पर्ने गाउँ कार्यपालिकाकाे निर्णय अनुसार अध्यक्ष सिंहले आफैबाट सुरूवात गरेका हुन ।
उनले मंगलबार पालिकाका भित्रकाे तिला नमुना माविमा छाेरा अस्बिन सिंहलाई कक्षा ४ र छाेरि अस्मिता सिंहलाई कक्षा ८ मा भर्ना गराएर सुरूवात गरेका छन ।
अध्यक्ष सिंहले निजि बाेडिङबाट छुटायर सरकारी बिद्यालयमा भर्ना गरेका हुन ।
हुने खानेका छाेरा छाेरि शहर बजारका निजि बाेडिङ स्कुलमा पढाउने गाउँका बिपन्न परिवारका बालवालिका मात्र गाउँका सरकारी स्कुलमा पढ्ने गरेका छन ।
जसले गर्दा गाउँका सरकारी स्कुल र बिद्यार्थी काे अवस्था कमजाेर भईरहने गरेका हुन ।
महावैमा याे निर्णय कार्यान्वयन गर्न सके सामुदायिक बिद्यालयकाे अवस्थामा परिवर्तन अाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित