Online News Khabar

वातावरण संरक्षणमा तीन जिल्लाका युवा कालिकोटमा

858
SHARES
1k
VIEWS

हस्त चाैलगाई – जिल्लाको सदमुकाम मान्ममा तीन जिल्लाका युवाहरुबीच नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा बृहत छलफल गरिएको छ । ‘आजको युवा, वातावरण संरक्षण, उद्यमशिलता र समृद्धिको सुनिश्चितता’ भन्ने मुल नाराका साथ हुम्ला, मुगु र कालिकोट जिल्लाका करिब ८० जना सहभागिलाई युवा लक्षित नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा छलफल गरिएको हो ।

विभिन्न क्षेत्रमा युवाहरुको क्षमता अभिवृद्धि गर्र्दै नेतृत्वदायी भूमिकामा सहजिकरण तथा बहस गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको परियोजना संयोजक सुमन ढकालले जानकारी दिए ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले युवा लक्षित नीति, स्थानीय विकासमा युवाको भूमिका, तिनका उपलब्धी, चुनौती र सम्भावनाका बारेमा अन्तरक्रिया गराई युवाहरुको नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्व्य समिति कालिकोटका प्रमुख धनजित शाहीले स्थानीय तहमा विद्यमान सामाजिक विसंगती र लैंगिक विभेदविरुद्ध युवाको दायित्व धेरै हुने भएकाले युवाको नेतृत्व विकास गर्नु पहिलो पक्ष रहेको बताए । शाहीले युवाहरुको पहलमा वातावरण संरक्षणमा पनि ठूलो देन रहेकाले स्थानीय सरकार र अन्य सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए ।

स्थानीय तहमा बालअधिकार संरक्षण र युवा नीति तथा कार्यक्रमका सम्भावनाबारे अवगत गराउनुपर्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । प्रमुख जिल्ला अधिकारी माझीले प्राकृतिक श्रोतको अवस्था, तिनको सदुपयोग, वातावरण संरक्षणका प्रयास र दिगो विकास लक्ष्यमा युवाको भूमिकाबारे जानकारी दिई नेतृत्व विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले युवाहरुको पहलमा नै समाजमा रहेका विभिन्न कुरिती, कुसंस्कार न्यूनिकरण हुने, समाजमा रहेका युवा क्लव तथा बाल क्लवले दिगो विकासका कामदेखि वातावरण संरक्षण गर्नका लागि भूमिका खेल्ने भएकाले सहयोग गर्नुपर्ने बताए । गाउँपालिकाका अध्यक्ष सिंहले वातावरण संरक्षणदेखि समाज परिवर्तनमा युवाहरुको महत्वपूर्ण रहेकाले आफ्नो गाउँपालिकाको तर्फबाट भरपुर सहयोग गर्ने बताए

। प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले यो छलफलबाट ३ जिल्लाका युवाहरुले धेरै कुरा सिक्ने भएकाले सिकेको ज्ञान सिप लागू गरी समाज परिवर्तनमा लाग्नुपर्ने बताए । रिमालले युवा भविष्यको कर्णदार रहेकाले कुनै भुगोल, कुनै स्थानले बाधा नहुने हुँदा राम्रा र नराम्रा दुवै पक्षको समिक्षा गरी सही बाटोतिर युवाहरुलाई लाग्न अनुरोध गरे ।

मानवअ अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले नयाँ पुस्ता र युृवा पुस्ताहरु सचेत भएमा समाजा हुने विभिन्न हिंसा न्यूनिरकणदेखि विकास निर्माणका काममा सहयोग पुग्ने बताए ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्य तथा अन्य सरोकारवालाहरुको आतिथ्यमा कार्यक्रम भएको थियो ।

टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित ग्रामीण तथा हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन एवं जैविक विविधता संरक्षण (शुलभ) परियोजनाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममको सञ्चालन दिलिपकुमार शाहीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित स्थानीय सरकारका प्रतिनिधी, राजनैतिक नेतृत्व तथा नागरिक समाजको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित