कालिकोट – नेकपा एमालेका पार्टी सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले थापेको ढोक्सा अहिले पित फुटेर घाइते बनिसकेको बताएका छन ।
प्रेस चौतारी नेपाल कालिकोटले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन ।
प्रेस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाको अध्यक्षतामा संचालन भएको पत्रकार भेटघाटमा नेता भट्टराईले कांग्रेसले थापेको ढोक्साको पित फुटेर बिरामी बनेको बताएका छन ।
अहिले त्यो ढोक्सामा प्रचण्ड आफै परेका छन । अस्थिर नेताका रुपमा परिचित प्रचण्डले देशको कम्युनिष्ट आन्दोलनलाई ध्यस्त पारेको आरोप समेत लगाए ।
प्रचण्डले जहिले पनी देशको सम्वेदनशिल क्षेत्रमा हात हाल्नाले आफ्नो पार्टी र देशको हालत खतरामा पारेको समेत बताए ।
राष्टपती कसको हुन्छ? लगायतका प्रश्नमा नेता भट्टराईले सवैको सुहाउदो र सक्षम पात्र एमालेले उठाएको सुवासचन्द नेवाङले नै जित्ने दावि गरे । उनले आफ्नो पार्टीले प्रचण्डलाई दिएको समर्थम फिर्ता गरी सरकारबाट बाहिरिएको समेत जानकारी गराए । अव एमाले जनताका दुख सुखमा साथ दिन जनतामाझ जाने र प्रमुख प्रतिपक्षको भुमिकामा उचिने बताए ।
पत्रकार भेटघाटमा एमाले स्थायी कमिटि सदस्य गोरख वोगटी, केन्द्रिय सदस्य दल रावल, तर्क शाही लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य कालिबहादुर मल्ल, प्रदेश महासचिव प्रेमराज सिम्खाडा
बरिष्ठ पचकार तुलराम पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नमराज योगी लगायतका पत्रकारको सहभागिता रहेको थियो ।
Discussion about this post