कालिकोट- स्वास्थ्य सेवाबाट बन्चित तिलागुफा वासीले अवदेखी थप आँखा सम्बन्धि सेवा पनी पाउने भएका छन ।
समान्य बिराम लाग्दा समेत जिल्ला अस्पताल आउनु पर्ने बाध्यतामा रहेका तिलागुफा वासीहरुले नगर अस्पताल संचालन भएदेखी गाउँमै स्वास्थ्य सेवा पाउदै आएका छन ।
आइतबार नगर थप अस्पतालमा आँखा सम्बन्धि सेवा सुरु गरेपछी जिल्ला धाउनु पर्ने अवस्थाबाट मुक्ती पाएका हुन ।
नेपाल नेत्रज्योती संघ कर्णाली प्रदेशको सहयोगमा १५ लाख बरावरको स्वास्थ्य सामाग्री सहित अस्पतालमा प्रथामिक उपचार केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाहीले आँखा उपचार सेवाको उद्घाटन गर्दै अव तिलागुफा बासीले स्वास्थ्य सेवाबाट कसैले पनी बञ्चित हुनु नपर्ने बताएका छन ।
Discussion about this post